काठमाडौँः कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकका अनुसार प्रस्तावित लाभांश करसहितको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
यससँगै कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।
