२०८३ साउन २७ गते बुधबार

हायर पर्चेज कम्पनीमा राष्ट्र बैंकको कडाइ, चुक्ता पुँजी ३० करोड अनिवार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
nrb_head

काठमाडौँः नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने कम्पनीहरूका लागि नयाँ नीतिगत तथा प्रक्रियागत व्यवस्था लागू गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था, २०८३ (छैटौँ संशोधन)’ ले कम्पनीहरूको पुँजी, कर्जा प्रवाह, ब्याजदर, सेवा शुल्क तथा कर्जा वर्गीकरणसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र कडाइ गरेको छ।

नयाँ व्यवस्थाअनुसार हायर पर्चेज कर्जा कारोबार गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनुपर्नेछ। यसअघि सञ्चालनमा रहेका कम्पनीहरूले समेत तोकिएको समयसीमाभित्र आवश्यक चुक्ता पुँजी कायम गर्नुपर्नेछ।

हायर पर्चेज कर्जा दिने कम्पनीको नामको अन्त्यमा अनिवार्य रूपमा ‘हायर पर्चेज प्रा.लि.’ वा ‘हायर पर्चेज लि.’ उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि मात्र यस्तो कारोबार सञ्चालन गर्न पाइनेछ।

कस्ता वस्तुमा कर्जा दिन पाइने?

हायर पर्चेज कम्पनीले सवारी साधन, मेसिनरी तथा औजार र घरायसी विद्युतीय उपकरणलगायतका वस्तु खरिदका लागि कर्जा प्रवाह गर्न सक्नेछन्। सवारी साधनमा कर्जा प्रवाह गर्दा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकेको लोन टु भ्यालु (एलटीभी) अनुपातसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ।

सेवा शुल्क र दण्ड ब्याजमा सीमा

ग्राहकबाट लिइने सेवा शुल्कमा समेत राष्ट्र बैंकले सीमा तोकेको छ। कम्पनीले स्वीकृत कर्जा रकमको अधिकतम १ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउनेछन्।

कर्जा किस्ता भुक्तानीमा ढिलाइ भएमा कम्पनीले वार्षिक २ प्रतिशतभन्दा बढी दण्ड ब्याज लिन पाउने छैनन्।

यस्तै, हायर पर्चेज कम्पनीले आफ्नो कस्ट अफ फन्डलाई आधार बनाएर ब्याजदर निर्धारण गर्नुपर्नेछ। प्रकाशित ब्याजदरमा २ प्रतिशतभन्दा बढी थपघट गर्न नपाइने व्यवस्था गरिएको छ।

सर्वसाधारणबाट निक्षेप उठाउन नपाइने

हायर पर्चेज कम्पनीहरूले सर्वसाधारणबाट कुनै पनि प्रकारको निक्षेप वा बचत संकलन गर्न पाउने छैनन्। कम्पनीले आफ्नो खुद सम्पत्तिको अधिकतम १० गुणासम्म मात्र ऋण वा सापट लिन सक्ने व्यवस्था गरिएको छ।

कर्जा वर्गीकरणमा पनि कडाइ

कर्जाको भाखा नाघेको अवधिका आधारमा कर्जालाई विभिन्न वर्गमा वर्गीकरण गरी आवश्यक नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

असल कर्जामा ६ महिनासम्म भाखा ननाघेको कर्जा पर्नेछ। ६ महिनाभन्दा बढी भाखा नाघेको कर्जालाई शंकास्पद वर्गमा राखी ५० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेछ। त्यस्तै, एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब वर्गमा राखी शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

२५ लाखभन्दा बढी कर्जामा प्यान अनिवार्य

नयाँ व्यवस्थाअनुसार २५ लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ।

यसका साथै हायर पर्चेज कम्पनीका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति तथा जिम्मेवारीका लागि ‘फिट एन्ड प्रोपर टेस्ट’ सम्बन्धी मापदण्ड पनि लागू गरिएको छ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीको वित्तीय अनुशासन, पारदर्शिता र ग्राहक संरक्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ साउन २७ गते बुधबार १२:४९
प्रतिक्रिया

थप समाचार

कुमारी बैंकको नाफा ३०६ प्रतिशतले बढेर पुग्यो सात अर्ब ३८ करोड

काठमाडौँः कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफामा उछाल आएको छ। गत आर्थिक वर्षमा बैंकको खुदनाफा ३०६ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष...

मुगुको सीवाईसी लघुवित्तको सवा १ करोड हिनामिना, कर्मचारीले व्यक्तिगत खाताबाट झिकेको आरोप

काठमाडौँ: खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा...

ठूला ऋणी नै समस्यामा परेपछि बैंकको कर्जा विस्तार संकटमा, लगानीयोग्य १४ खर्ब रकम थुप्रियो

साख मूल्यांकन गरिएका ऋणीमध्ये करिब ७७ प्रतिशत गैर–लगानीयोग्य श्रेणीमा पुगेका छन्। अर्थात्, इक्राबाट मूल्यांकन गरिएका ठूला तथा मध्यम ऋणीमध्ये करिब २३ प्रतिशत मात्र तुलनात्मक रूपमा लगानीयोग्य...

६५ मेगावाटको दूधखोला आयोजनालाई जुट्यो लगानी, एनएमबी बैंकको अगुवाईमा १० अर्ब ऋण

काठमाडौँः माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ। प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना