काठमाडौँ: साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१.५८ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०८ प्रतिशतको गिरावट हो।
यसदिन कारोबार रकम भने ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँभन्दा रहेको छ। सोमबार कुल १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर कारोबार भएको छ।
सोमबार कारोबारमा आएका ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
सोमबारको कारोबारमा सर्वोत्तम पेन्ट्स् इन्डस्ट्रिजको सेयर सर्वाधिक १५ प्रतिशतले बढेको छ। दोस्रोमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड (मेपिडिएल) को सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।
सोमबार फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.६३ प्रतिशतले घटेर ७७५ रुपैयाँमा झरेको छ।


