काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा झरेको छ।
नेप्से परिसूचक घटे पनि मंगलबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, कारोबारमा आएका कम्पनीमध्ये धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।