काठमाडौँः साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक १.०४ अंक घटेर २५५७.३१ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ९.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।