२०८३ भदौ ३० गते मङ्गलबार

डिभाइन हेल्थकेयरले २० लाख ७० हजार कित्ता आइपीओ निष्कासन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
New Project – 2026-08-27T170844.807

काठमाडौँः औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रविक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर २० लाख ७० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको जनाएको छ। सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुशान्त मुरारका तथा सञ्चालक मनोज केसी र विनय तोदीलगायतको उपस्थिति रहेको थियो।

वि।सं। २०७४ सालमा स्थापित डिभाइन हेल्थकेयर चितवनको भरतपुर महानगरपालिका–१६, विजय नगरमा रहेको औषधि उत्पादक कम्पनी हो। कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरी मानव स्वास्थ्यसम्बन्धी औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ।

हाल कम्पनीले ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीका अनुसार एसिडेक्स, नेक्सोफास्ट ५ र प्रेगिक्स रेन्जलगायतका औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री भइरहेका छन्।

कम्पनीले आगामी माघदेखि सिओपिडी अर्थात् दीर्घकालीन अवरोधात्मक फोक्सो रोगका बिरामीका लागि आवश्यक ड्राई पाउडर इनहेलर उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ।

करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको र हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्यतः स्वपुँजीबाट सञ्चालन भइरहेको कम्पनीले जनाएको छ। कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ।

आइपीओबाट प्राप्त हुने पुँजी नयाँ प्रविधि विस्तार, नयाँ औषधिको विकास, विद्यमान उत्पादनको गुणस्तर सुधार तथा रिसर्च एन्ड डेभलपमेन्टमा प्रयोग गर्ने कम्पनीले जनाएको छ। कम्पनीले उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित तथा गुणस्तरीय बनाउने लक्ष्यसमेत राखेको छ।

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०५:०९
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

पुँजीबजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा, नेप्से ४८.५७ अंकले बढ्यो, कारोबार दोब्बर

काठमाडौँ: अर्थमन्त्रालयले अघि सारेको पुँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा परेको छ। सोमबार साँझ सार्वजनिक गरिएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले बजारमा...

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते साँझ बसेको सञ्चालक समितिको...

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना