२०८३ कार्तिक १६ गते आईतबार

हिमालयन रि–इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १२
Himalayan_Reinsurance

काठमाडौँः हिमालयन रि–इन्स्योरेन्स लिमिटेड नोक्सानमा गएको छ। गत आर्थिक वर्षमा हिमालयन रि–इन्स्योरेन्सले २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा हिमालयनले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घट्नु र खर्चमा उल्लेख्य वृद्धि हुनु नोक्सानीको प्रमुख कारण देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशत घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ। खर्च भने ८०.९६ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६९ प्रतिशत कमी आउँदा खुद बीमाशुल्क आर्जन ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

दाबी भुक्तानीमा आएको उल्लेख्य वृद्धिले पनि कम्पनीको वित्तीय अवस्थामा थप दबाब परेको देखिन्छ। समीक्षा अवधिमा कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ।

गत भदौ २४ मा आगजनीबाट ठूलो क्षति भएको पाँचतारे हिल्टन होटलको ठूलो बीमा दाबी रकम भुक्तानी गर्न बाँकी छ। ओरेन्टल इन्स्योरेन्स लिमिटेड र नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भागमा परेको दाबी भुक्तानी गरिसकेका छन्। हिमायलनले ठूलो रकम दिन बाँकी छ।

यससँगै लगानीबाट हुने आम्दानी पनि २७.३० प्रतिशतले घटेको छ।

नाफा तथा आम्दानीमा आएको गिरावटको प्रभाव कम्पनीको सञ्चित नाफामा समेत परेको छ। आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँ ऋणात्मक भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत नकारात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षमा १२ रुपैयाँ ७९ पैसा सकारात्मक रहेको ईपीएस समीक्षा अवधिको अन्त्यसम्ममा २१ रुपैयाँ ५० पैसा ऋणात्मक पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ८ करोड ६८ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ। यसैगरी, अघिल्लो वर्षको तुलनामा कम्पनीको महाविपत्ति कोष पनि २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।

समग्रमा, बीमाशुल्क आर्जन र लगानी आम्दानीमा आएको गिरावटसँगै खर्च तथा दाबी भुक्तानीमा भएको तीव्र वृद्धिले हिमालयन रि–इन्स्योरेन्सको वित्तीय प्रदर्शनमा गम्भीर असर परेको देखिएको छ।

प्रकाशित: २०८३ भदौ १२ गते शुक्रबार १२:२७
प्रतिक्रिया

थप समाचार

अनलाइन परीक्षामा अनियमितता गर्ने ४१ परीक्षार्थीमाथि बीमा प्राधिकरणको कारबाही

काठमाडौँः नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको पाइएपछि ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म...

बाढीपीडित बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने

काठमाडौँः गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बिमितलाई नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानीदेखि बिमाशुल्क तथा बिमालेख कर्जासम्म विभिन्न सुविधा दिने भएको छ। प्राधिकरणले जीवन बिमा...

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना