२०८३ कार्तिक १६ गते आईतबार

शारडा ग्रुपद्वारा बाढी पीडितलाई १ करोड १ लाख सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
New Project – 2026-08-31T172551.392

काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शारडा ग्रुपले नगद सहयोगसँगै खाद्य सामग्री, अक्सिजन र पुनर्निर्माणका लागि सिमेन्ट उपलब्ध गराउने भएको छ।

ग्रुपले रसुवा, नुवाकोट, धादिङ तथा आसपासका बाढीपहिरो प्रभावित जिल्लाका नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका अध्यक्ष शिवरतन शारदाले सोमबार अर्थ मन्त्रालयमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमार्फत उक्त रकम उपलब्ध गराइएको हो। पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख रुपैयाँ, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख रुपैयाँ, प्रिमियर वायर्स प्रालिले १५ लाख रुपैयाँ र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

नगद सहयोगसँगै शारदा ग्रुपले करिब ६० लाख रुपैयाँबराबरका खाद्य तथा पेय पदार्थ पनि नेपाल सरकारलाई उपलब्ध गराएको जनाएको छ। गुडलाइफ तथा रमपमका विभिन्न खाद्य सामग्री, बिस्कुट र जुस प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ।

त्यस्तै, राहत तथा उद्धार कार्यमा थप सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले प्रभावित जिल्लामा स्वास्थ्य उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरिने बताइएको छ।

पुनर्निर्माणतर्फ पनि ग्रुपले सहयोगको घोषणा गरेको छ। शारदा ग्रुपद्वारा प्रवर्द्धित शिवम् सिमेन्ट लिमिटेडले बाढीबाट प्रभावित क्षेत्रमध्येको एक गाउँको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ।

यसअघि शिवम् होल्डिङ्स लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ छुट्टै सहयोग गर्ने घोषणा गरिसकेको छ।

बाढीबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।

ग्रुपले विपद्को कठिन समयमा नगद सहयोगमा मात्र सीमित नभई तत्काल राहत, स्वास्थ्य सेवा र दीर्घकालीन पुनर्निर्माणमा समेत सहयोग पुर्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ।

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०५:२८
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना