२०८३ कार्तिक १६ गते आईतबार

रसुवा बाढीः २५ अर्ब ८७ करोडको बीमा दाबी पर्ने अनुमान, ओरिएन्टल एक्लैलाई १३ अर्बको भार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
flood_dhading_baireni (4)

काठमाडौँः भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीले नेपालको निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै ठूलोमध्येको एक ‘वित्तीय झट्का’ दिएको छ। नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार, यस प्रकोपबाट करिब २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने देखिएको छ, जसको आधाभन्दा बढी हिस्सा एउटै कम्पनीको थाप्लोमा परेको छ।

प्राधिकरणको भदौ १५ गतेसम्मको तथ्यांक अनुसार, भारतीय सरकारी लगानी रहेको द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै १३ अर्ब ४ करोड २१ लाख रुपैयाँको दाबी परेको छ। यो कुल दाबी रकमको ५० प्रतिशतभन्दा बढी हो। विशेषगरी ठूला जलविद्युत् आयोजनाहरूको बीमा यस कम्पनीमा रहेकाले बाढीको प्रत्यक्ष असर ओरिएन्टलको वित्तिय अवस्थामा देखिने भएको छ।

बाढीबाट भएको क्षतिको दायित्व बहन गर्न बीमा कम्पनीहरू कति सक्षम?

यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ। निजी क्षेत्रका अन्य ठूला कम्पनीहरू सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्समा पनि झण्डै २–२ अर्ब रुपैयाँको दाबी परेको छ।

‘क्लाइमेट चेन्ज’ को मारमा नेपाल: जलविद्युत आयोजनामा बीमा शुल्क बढ्नसक्ने

कुल दाबीमध्ये २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ त इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत मात्रै छ। यसका साथै, सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र ३१३ वटा सवारी साधनमा क्षति पुग्दा मोटर बीमातर्फ १ अर्ब ५५ करोडको दाबी परेको छ। ढुवानी भइरहेका सामान र स्वास्थ्य बीमामा समेत करोडौँको क्षति देखिएको छ।

दाबी भुक्तानीको चुनौती र पुनर्बीमाको सहारा
कुल ५८३ वटा दाबी आवेदनहरू प्रारम्भिक भए पनि यो संख्या र रकम अझै बढ्न सक्ने प्राधिकरणको आकलन छ। नेपाली बीमा कम्पनीहरूले यति ठूलो रकमको दायित्व एक्लैले व्यहोर्न नसक्ने हुनाले यसको मुख्य भार वैदेशिक पुनर्बीमा कम्पनीहरूमा जानेछ। तर, बारम्बार हुने यस्ता ठूला क्षतिले आगामी दिनमा नेपालका आयोजनाहरूको बीमा शुल्क (प्रिमियम) महँगो हुन सक्ने र पुनर्बीमा पाउन कठिन हुने संकेत देखिएको छ।

 

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०२:५३
प्रतिक्रिया

थप समाचार

अनलाइन परीक्षामा अनियमितता गर्ने ४१ परीक्षार्थीमाथि बीमा प्राधिकरणको कारबाही

काठमाडौँः नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको पाइएपछि ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म...

बाढीपीडित बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने

काठमाडौँः गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बिमितलाई नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानीदेखि बिमाशुल्क तथा बिमालेख कर्जासम्म विभिन्न सुविधा दिने भएको छ। प्राधिकरणले जीवन बिमा...

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना