२०८३ भदौ ३० गते मङ्गलबार

‘बाढी प्रभावित क्षेत्रमा पुगेर मैले देखेको अवस्था’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
News 3 (1).psd (3)

बाटोमा उसले हामीलाई सोधिरहेको थियो ‘मेरो मम्मी खोइ, मम्मी खोइ? बाबु खोइ भनेर। थुप्रै कुराहरू आयो मनमा, तर त्यो सानो त्यो बालकको अनुहार, उसँग भएको कन्भर्सेसन आइ नै राख्ने भयो।

भोटेकोशी बाढीबाट पीडित नुवाकोटका केही गाउँहरू पुगेर आएका छौँ। हामीहरू जानुको उद्देश्य थियोत्यहाँ के भइरहेको छ भनेर हेर्ने, बुझ्ने, जसको आधारमा हामीले सरकारलाई ठीक विषयमा घच्घच्याउन सकौँ। जहाँ मद्दत गर्नुपर्ने मद्दत गर्न सकौँ र हामी आफैले पनि पार्टीले पनि कहाँ के गर्दा हुन्छ भन्ने कुराको ठीक ढङ्गले हामीले त्यसको मेसो पनि पाउन सकौँ भन्ने थियो।

यसको लागि विपद्मा काम गरिसक्नुभएको डाक्टर गोविन्द पोखरेल, मानबहादुर थापा, डाक्टर लोचन कार्की लगायतको साथीहरू र त्यहाँका स्थानीय जनप्रतिनिधिहरू सहित हामीहरू गएका थियौँ। यो लगायत अरु हाम्रो पार्टीको साथीहरूले गर्नुभएको अध्ययन, अवलोकन, अन्तरक्रियाबाट आएका सबै कुरालाई समेटेर केही दिनभित्रमा पार्टीको बैठकबाट हामी डिटेल रिपोर्ट बनाउँछौँ। सरकारलाई बुझाउनुपर्ने सरकारलाई बुझाउँछौँ, हामी आफैले अवलम्बन गर्नुपर्ने हामी आफै अवलम्बन गर्छौँ। त्यो त्यही बेलामा गरौँला।

अहिलेको लागि भने मैले नुवाकोटका गाउँहरूमा जाँदै गर्दा मैले आफैले अनुभूति गरेको केही कुराहरू सेयर गर्नुपर्छ भनेर लागेर यो भिडियो बनाएको हुँ। देवीघाटमा एकजना खोपबहादुर खड्का भन्ने दाइले रुँदै मेरो हात समातेर टनेलमा आफ्नो ज्वाइँ अड्किएको र ज्वाइँको उद्धार कसरी हुन्छ, यसको बारेमा आवाज उठाइदिनुपर्यो भनेर भन्नुभयो।

यो एउटा प्रतिनिधि आवाज मात्रै थियो। म बाटोमा जाँदै गर्दा रसुवाको थुप्रै टनेलमा अड्किएका साथीहरूका परिवारका सदस्यले, आफन्तले यति धेरै मानिसले त्यो बीचमा आइसके पछाडि पनि फोन गरिराख्नुभएको छ, हामीलाई भनिराख्नुभएको छ सरकारलाई भन्देउ भनेर भनिराख्नुभएको छ। मसँग भन्ने कुराहरू धेरै छैन तर सरकारलाई यति कुरा भन्नुपर्छ भन्ने लाग्छ हामीले जुन बेलामा यसका निम्ति बाहिरको सहयोग लिनुपर्छ भनेर भन्यौँ, सबैसँग सहयोग माग्ने काम भएन। चुक्ने कुरा भइसक्यो, अब फेरि गल्तीलाई ढाकछोप गर्ने भन्दा पनि अहिले पनि केही गर्न सकिन्छ, जे गर्न सकिन्छ बेस्ट गर्ने कोसिस तपाईंहरूले गर्नुपर्छ।

एउटा गल्ती भयो, त्यो गल्तीलाई ढाक्नका निम्ति अर्को गल्ती, अर्को गल्ती गर्ने कुरा नगर्नुहोला। किनभने एउटा मात्रै जीवन बचाउन सक्यौँ भने पनि त्यो एकदमै धेरै ठूलो कुरा रहन्छ। सुरुमा अड्किएको प्रत्येक नेपाली नागरिकको परिवार अहिले केबाट गुज्रिरहेको छ भन्ने कुराको, त्यो प्रतिको संवेदनशीलता राज्यमा बसिरहेका प्रत्येकले हामी प्रत्येकले त्यो राख्नुपर्छ।

दोस्रो विषय शव व्यवस्थापनसँग जोडिएको छ। सिर्खाली भन्ने ठाउँमा भरत अर्याल भन्ने दाइले मलाई रुँदै मेरो हात समातेर आफ्नो घर देखाउनुभयो, खेत देखाउनुभयो र भन्नुभयो कि तल यत्रतत्र त्यहाँ जताततै लासहरू छरिएका थिए, कति पानीले बगाएर लिएर गयो तर अहिले पनि थुप्रै लासहरू त्यहीँ अड्केर बसेको छ। त्यसको गन्ध आइरहेको छ, हामीले पनि त्यो महसुस गर्न सक्थ्यौँ र उहाँले भन्दै हुनुहुन्थ्यो यो त हाम्रै दाजुभाइहरूको शरीरको गन्ध हो यो। न यो गन्हायो भनेर यसबाट भाग्न सकिन्छ, न यहाँभित्र हामी बस्न सक्छौँ। हामी यति धेरै बिलखबन्दमा परेका छौँ।

यो खालको समस्या त त्यहाँ हामीले देख्यौँ नै। तर त्यहाँ भेट्नेहरू कतिले टेलिफोनमा लगातार जो आफ्नो मान्छेहरू खोजिराख्नुभएको छ, जसले कम्तीमा सास नभेटे तापनि लास भए पनि भेटिन्छ कि भनेर खोजिराख्नुभएको छ, उहाँहरूको त्यो पीडा पनि हाम्रो प्राथमिकतामा पर्नुपर्छ। यो संवेदनशीलता हामी सबैले राख्नैपर्छ।

तेस्रो कुरा मैले यो गाउँहरू जाँदै गर्दाखेरि स्थानीय सरकारको साथीहरूले एकदमै मिहिनेत गरेर काम गरेको देखेँ। गल्छी, तारकेश्वर, शेरेखानी, कोलोनी, दुप्चे जति पनि ठाउँहरूमा म पुगेँ, त्यहाँको स्थानीय सरकारमा बसेका साथीहरू एकदमै धेरै मिहिनेत गर्नुभएको छ। गल्छी वडा नम्बर ६ को दीपक कार्की, जसको बारेमा तिरस्कृत ढङ्गबाट एकजना सांसदले कुप्रचार गर्नुभयो, त्यहाँको स्थानीय साथीले मलाई भन्दै हुनुहुन्थ्यो दीपकजीले सबैभन्दा बढी जोखिम उठाएर बाढी आएको दिनदेखि कसरी मिहिनेत गर्नुभएको छ भन्ने कुरा त्यहाँको साथीहरूले सेयर गर्दै हुनुहुन्थ्यो।

अलि माथि जाँदै गर्दा विदुर ३ मा बद्री रिमाल भन्ने वडाध्यक्षलाई भेटेँ। उहाँले त्यो सङ्घको सरकारको लिमिटेड सहयोग हुँदै गर्दाखेरि पनि शव व्यवस्थापनमा कति बेजोडले काम गरिराख्नुभएको थियो भन्ने कुरा त्यहाँका लोकल अरु साथीहरूले बताइराख्नुभएको थियो। अलि माथि कोलोनी गइसके पछाडि त्यहाँ कमल श्रेष्ठ भन्ने वडाध्यक्ष भेटेँ, त्यत्रो विद्यालयको शिवराम श्रेष्ठ प्रिन्सिपल लगायतसँग मिलेर कति मजाले त्यहाँ त्यस्तो अप्ठ्यारोमा परेका साथीहरूको व्यवस्थापनमा उहाँ जुटिराख्नुभएको छ। अलि अगाडि गइसकेपछि राजकुमार श्रेष्ठ भन्ने अर्को वडा सदस्य, जसले त्यो सेल्टरमा बसिराख्नुभएको मानिसहरूको त्यहाँको औषधिको समस्या छ, खानपिनको समस्या छ, झोलाको व्यवस्था, डायरी बोकेको छ, एक-एकजना मान्छेको इन्डिभिजुअल प्रोब्लम टिपेको छ, कहाँ हेल्प गर्न सकिन्छ लागेको छ, त्यो देखेँ। अलि अगाडि दुप्चेमा गइसकेपछि रवीन्द्र नेपाल भन्ने वडाध्यक्ष भेटेँ मैले, जो आफै बाढीबाट पीडित हुनुहुन्छ, अर्काको घरमा आश्रय लिइराख्नुभएको छ, तर अहँ एकछिन फुर्सद छैन कहाँ राहत कसरी बाँड्ने, कसरी मिलाउने, कसको घरमा के प्रोब्लम परेको छ, स्थानीय सरकारको साथीहरूले गजबले काम गरिराख्नुभएको मैले पाएँ।

यो पटक प्रदेशको सरकारले पनि फरक ढङ्गले काम गरेको मैले महसुस गरेँ। बहादुर सिंह लामा, त्यहाँबाट निर्वाचित हुनुभएको प्रदेश सभाको सांसद हुनुहुन्छ। म गएको बेलामा उहाँ त्रिशुलीको अर्को पट्टि हुनुहुन्थ्यो, बटार पट्टि। त्यहाँ प्रदेश सरकारले आफ्नो पैसा हालेर सङ्घको सरकारको लाठो प्रयोग गरेर उहाँले तुइन राख्ने काम गर्दै हुनुहुन्थ्यो, अहिले त त्यो दुइटा तुइन प्रयोगमा आइसकेको छ। मसँग रमेश महत अर्को प्रदेशको सांसद हुनुहुन्थ्यो, उहाँले रसुवा पुग्ने बाटोमा गरिएको कामहरूको बारेमा बताउनुभयो। मेरै अगाडि उहाँले त्यहाँ म सेल्टरमा जाँदै गर्दाखेरि खानेपानीको समस्या आयो, खानेपानीको प्रोब्लम सल्भ गर्नुभयो। टेम्पोररी स्कुल बनाउने कुराको लागि त्यहाँ समस्या आयो, त्यसमा त्यसको तुरुन्त समस्याको समाधान गर्नुभयो। मैले प्रदेशका साथीहरूले पनि बडो मिहिनेतका साथ काम गरेको देखेँ।

यो कामको अनुभवको आधारमा, मैले देखेको आधारमा यसमा पनि मेरो फेडरल गभर्मेन्टलाई मेरो अनुरोध छ कि फेडरल गभर्मेन्टले लिड गर्ने हो। सबैले तपाईंहरूलाई मद्दत गर्छु भनेर भनिरहेका छन्, मद्दत गरिपनि रहेका छन्, हामीहरू सबै गरिरहेका छौँ। तर लिड तपाईंहरूले गर्नुपर्छ। यतिखेर प्रादेशिक सरकारले के गर्ने हो? उनीहरू के भनिरहेका छन् भने हामी अरु जिल्लामा पठाएको बजेटलाई कटौती गरेर भए पनि यसमा हामी आफ्नो खर्च गर्न तयार छौँ। उनीहरूसँग भएको स्रोतबाट, साधनबाट अहिले के-कुन कुराहरू गर्न सक्छन्। लोकल गभर्मेन्टले के-के गर्ने हो? लोकल गभर्मेन्टलाई थुप्रै त्यहाँ प्रभावित भएका लोकल गभर्मेन्ट भन्दा बाहिरका लोकल गभर्मेन्टहरू ‘हामी साझेदारी गर्छौँ’ भनिरहेका छन्। त्यहाँ म जाँदै गर्दा थुप्रै ठाउँमा बेलीब्रिज माग्नुभएको छ, सस्पेन्सन ब्रिज माग्नुभएको छ।

कतिपय ठाउँमा के भन्नुभएको छ भने हामीलाई राहत चाहिँदैन, मिल चल्नलाई बिजुली बत्ती भए पुग्छ। फरक-फरक खालको मागहरू छ। त्यसैले सङ्घको सरकारले के गर्ने, प्रदेशको सरकारले के गर्ने, स्थानीय सरकारले के गर्ने अहिलेको चरणमा के गर्ने? अलि पछाडि पुनर्निर्माणको चरणमा फेरि आफ्नो-आफ्नो भूमिका हुन्छ। अहिले यो खोजी, उद्धार र राहतको अहिलेको यो प्रारम्भिक चरणमा कसले के गर्ने भन्ने बारेमा यसलाई स्पष्ट छुट्याइदियो भने थुप्रै कामहरू अहिले पनि व्यवस्थित ढङ्गले हुन सक्ने मैले तल यो कुरा देखेर आएँ।

पाँचौँ विषय राहतसँग जोडिएको छ। अहिले पनि कति सुरुङमा अड्किनुभएको नागरिकहरूको उद्धार गर्ने कुरा अहिले पनि सबैभन्दा बढी प्राथमिकतामा पर्नुपर्छ। अझै पनि कतिपय नागरिकहरूलाई यो बेपत्ता जो हुनुभएको छ, उहाँलाई खोज्ने कुरा त्यो प्राथमिकतामा पर्नुपर्छ। जो अहिले पीडाबाट बचेर कतै आश्रय लिइराख्नुभएको छ, अहिले यो बेलामा उहाँहरू थुप्रै अप्ठ्यारोमा हुनुहुन्छ। उहाँहरूले पनि अहिले कम्तीमा बाँच्न सक्ने अवस्था निर्माण गर्नुपर्ने छ। यो सन्दर्भमा मैले के देखेँ भने थुप्रैले सहयोग गरिराख्नुभएको, सहयोग पनि गर्न चाहनुभएको छ। तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्ने रहेछ। जस्तो मैले गल्छीको वडाध्यक्षलाई सोधेँ तपाईंहरूमा के समस्या छ, अहिले तत्काल हामीले के मद्दत गर्न सक्छौँ? उहाँले भन्नुभयो हामीलाई पानीको अलिकति हेल्प चाहिएको छ। बागमती प्रदेशको सोनाम परियारले तुरुन्त पानीको व्यवस्था गर्दिने कुरा गर्नुभयो, टेलिफोनमा हामी सम्पर्क गरेपछि। उहाँले भन्नुभयो अहिले अरु केही पनि चाहिएको छैन अहिले, हामीलाई अस्थायी ट्वाइलेट चाहिएको छ। गोकर्णेश्वर नगरपालिकाको मेयर दीपक रिसाललाई मैले त्यहीँबाट फोन गरेँ, उहाँले अस्थायी ट्वाइलेटको जिम्मा लिनुभयो, सम्भवतः अस्थायी ट्वाइलेटको काम हिजो साँझ सम्पन्न पनि भइसकेको छ।

अलि अगाडि कोलोनीमा गएपछि मैले यहाँ के छ भनेर सोध्दै गर्दाखेरि त्यहाँ हामीलाई राहत चाहिने भन्दा बढी भइसक्यो, लत्ताकपडा पनि छ। तर यहाँ मान्छेहरू घर-परिवार सबै छोडेर एकदम एकसरो लुगामा छ। त्यसैले यहाँभित्र अन्डरगार्मेन्ट्सहरू हेर्दा सानो कुरा लाग्छ, तर त्यो कुरा नपाउँदै गर्दाखेरि एकदम अप्ठ्यारो भएको छ। मैले एकजना साथी हुनुहुन्थ्यो नुतन आनन्द श्रेष्ठ, उहाँले १५ लाख रुपैयाँ जतिको व्यवस्थापन गर्न सक्छु भनेर भन्नुभएको थियो, मैले तुरुन्त त्यहाँ जोडदिएँ। अब अहिले उहाँहरूको डिमान्ड अनुसारको सरसामानहरू किनेर उहाँले त्यहाँ पुर्याउँदै हुनुहुन्छ।

मैले त्यहाँ देखेँ कति प्रेग्नेन्ट महिलाहरू हुनुहुन्छ, कतिजना ओल्ड एजको हुनुहुन्छ। महिलाहरूको आफ्नै खालको निडहरू छ, बुढाबुढीको आफ्नै खालको निडहरू छ। त्यो यसरी एकै ठाउँमा बस्दै गर्दाखेरि त्यहाँ हाइजिनको समस्याहरू छ, त्यहाँ आफ्नो छुट्टै खालको आवश्यकतालाई पूरा गर्ने समस्याहरू छ। त्यसैले त्यो यदि यो-यो ठाउँमा यो-यो कुराहरू चाहिएको छ, हैन त्यो काउन्सिलिङको त्यो सेवाहरू देखि लिएर वस्तुहरू समेतको भनेर यदि अलग-अलग छुट्याएर बनायो भने त्यसपछि जसले जेमा विशेषज्ञता छ, अहिलेको चरणमा चाहिँ मलाई लाग्छ कि जति यति धेरै मान्छेले सहयोग गर्न खोज्नुभएको छ, उता पट्टि डिमान्ड छ अहिले कम्तीमा अहिलेको चरणमा त्यो कुरा चाहिँ सरकारले धेरै कुरामा हात नहाले तापनि यो लोकल गभर्मेन्टले लिड गर्ने, यति गर्ने हो भने पूरा गर्न सकिने अवस्था देख्छु म।

अलि पछि अर्को स्कुलमा भएका क्याम्पमा त्यहाँ गएर कुरा गर्ने गर्दाखेरि तपाईंहरूलाई अहिले के म मद्दत चाहिएको छ भन्दाखेरि हामीकहाँ थुप्रै दीर्घ रोगीहरू हुनुहुन्छ र उहाँले खाने औषधिहरूको एउटा लामो लिस्ट छ। हामीलाई त औषधि ल्याइदिएर भएन, यही औषधि चाहियो, किन्नुपर्यो, काठमाडौंबाट किनेर पठाइदिनुपर्यो भन्नेपछि मसँग जानुभएको डाक्टर लोचन कार्कीले तुरुन्त सबै औषधिको जिम्मा लिनुभयो र मैले हिजो चेक गर्दाखेरि औषधिहरू त्यहाँ पुगिसक्यो। त्यहीँ एकजना क्यान्सर पेसेन्टको ट्रिटमेन्टका लागि टिचिङ हस्पिटलमा ल्याउनु ल्याउनुपर्ने रहेछ, त्यसको पनि उहाँले व्यवस्थापन गर्दिनुभयो। त्यहाँ यतापट्टि कोलोनीमा आउँदै गर्दाखेरि थुप्रै केटाकेटीहरू अब अहिले घरबार सबै खतम भएको छ, तर लामो समयसम्म यत्तिकै बस्दै गयो भने मेन्टल हेल्थको इस्यु हुन्छ, हैन? त्यसैले काउन्सिलिङ पनि चाहियो। बच्चाबच्चीहरूलाई कम्तीमा सामान्य लेखपढ गर्ने ठाउँ पनि बनाउनुपर्यो भनिसकेपछि हाम्रो प्रदेशको सांसद रमेश महतले एउटा ‘आधार’ भन्ने संस्थासँग कन्ट्याक्ट गर्नुभयो। उहाँले तुरुन्त स्कुल एउटा बिल्डिङ चाहियो, बिल्डिङ पनि भयो त्यहाँ आएपछि हामी स्कुल बनाउँछौँ भनेर भन्नुभयो।

सो मैले के देखेँ भने तल जुन कुरा थुप्रै ठाउँमा त अहिले मैले पछि त्यहाँ सुनिराखेको छु, म रसुवा पनि जान्छु, त्यहाँ गएर पनि थप कुरा बुझ्छु कतिपय ठाउँमा राहत बेसिक कुरा नै पुगेको छैन। तर जहाँ पुगेको छ भनेर भनिएको छ, त्यहाँ पनि चाहिने कुरा एउटा छ, गइरहेको कुरा एउटा छ। त्यसैले यसलाई पनि लोकल गभर्मेन्टले लिडरशिप लिएर ठ्याक्क हामीलाई यो-यो कुराहरूको ग्याप छ है, आवश्यकता छ है भनेर यसलाई एउटा यत्रो अहिले त सजिलो छ टेक्नोलोजीले गर्दाखेरि, पोर्टल बनाएर हामीले यहाँ यो-यो चाहिएको छ भनेर नुवाकोटको जिल्लाको फलाना-फलाना सेल्टरमा यतिजना मान्छेलाई यो-यो चाहिएको छ भन्दाखेरि अनि दिन चाहने मान्छेहरूले पनि ठ्याक्क चाहिएको कुरा दिने कुरा बनायो भने अहिलेको यो चरणमा चाहिँ त्यसको मिसयुज पनि हुँदैन, डुप्लिकेसन पनि हुँदैन। यो चाहिँ एकदमै धेरै गर्न आवश्यक भएको मैले अर्को पाएँ।

छैठौँ नम्बरको कुरा एकदमै धेरै जो अहिले बाढीबाट बाँच्नुभएको छ, आफ्नो कसैको आफ्नो परिवारको सदस्य गुमाउनुभएको छ, कोही आफ्नो परिवारको सदस्य खोजिराख्नुभएको छ, त्यो पीडा त त्यसको त कुनै त्यसको तुलना नै हुँदैन। तर अन्य अवस्थामा रहनेहरूको पनि मैले के पाएँ भने उहाँहरू एकदम आत्तिनुभएको छ। जस्तो त्यहाँ मैले नुवाकोटमा देखेँ किस्पाङ भन्ने गाउँबाट पहिला पहिरोको कारणले गर्दा माइग्रेट भएर त्रिशुलीमा आउनुभएको रहेछ। परिवारको सदस्यहरू मिडल इस्टमा काम गर्न जानुभएको छ। त्यहाँबाट कमाएको पैसा, गाउँ छोडेर आएको सबै पैसा लगाएर साना-साना घरघडेरी किन्नुभएको छ, सानो व्यवसाय गर्नुभएको छ अहिले सबै कुरा गयो। उहाँहरू के भन्नुहुन्छ मलाई म गएको बेलामा रोएर भने हामी त सुकुम्बासी भयौँ, हामीसँग केही पनि छैन अब। भोलि यहाँ अहिले भोलि पुल बन्ला, सडक बन्ला, तर भूकम्पको बेला जस्तो होइन, जमिन नै छैन अब। सो उहाँहरूको चिन्ता चाहिँ अब न अगाडि सहरमा जान सक्छौँ, न गाउँ फर्कन सक्छौँ। हामीलाई भोलि पुनर्स्थापना, पुनर्निर्माण हुँदै गर्दाखेरि बस्ने जमिन हामीले पाउँला कि नपाउँला एकदम त्यो डरमा।

मैले त्यही कोलोनीमा एकजना दाइ भेटेँ, मलाई आएर यसो हेर भन्नुभयो भाइ तपाईंले मलाई अहिले चामल लिएको देख्नुभयो, त्यो बाढी आउनु भन्दा पहिला म राम्रो सम्पन्न मान्छे हो, मेरो सानो सुनको व्यवसाय थियो। मसँग केही पनि छैन अब। त्यसैले यो लाइभ्लीहुडको कुरा खोसिएको हुनाले गर्दा मान्छेहरू जो आत्तिनुभएको छ, हामीले स्टेटले, हामी सबै मिलेर उहाँलाई आश्वस्त पार्नुपर्ने छ हामीहरू छौँ। यो प्रोसेस टुङ्गिँदै गर्दाखेरि चाहिँ हामीले तपाईंहरूको सबैलाई सम्हाल्छौँ, व्यवस्थापन गर्छौँ, तपाईंहरूको यो कुरालाई पनि सम्बोधन गर्छौँ, तपाईंहरूको व्यवसायलाई पुनर्स्थापना गर्छौँ, तपाईंहरूको घरबार तपाईंहरूको व्यवस्थापन गर्छौँ भन्ने कुराको काम भोलि गर्ने नै पर्छ, अहिले भरोसा पनि दिलाउनुपर्ने छ। यो पनि अर्को एउटा खाँचो भएको मैले महसुस गरेँ।

अन्तिममा जतिखेर हामीहरू फर्कदै थियौँ, फर्कने बेलामा धादिङको सजिलो बाटो भएर फर्कौँ भन्ने कुरा भयो। तर पछि हामीसँग हुनुभएको पूर्व सांसद जगदिश्वर नरसिंह केसीले होइन एउटा अनाथ भएको बालकलाई लिएर जानुपर्ने छ भनेपछि हामीहरू फेरि पहिरो पन्छाउँदै त्यही गल्छीकै बाटो फर्कियौँ।

बीचमा एकजना बालकलाई उहाँको गाडीमा राखेको मैले देखेको थिएँ। जब हामी गल्छी पुग्यौँ, अब हामी आफ्नो-आफ्नो घर जानलाई छुट्टिनको लागि भनेर त्यो बालक त्यहाँ देखेँ मैले र मलाई एकछिन कुरा गरौँ भन्ने लाग्यो। मैले उसलाई बोकेँ, एकछिन कुरा गरेपछि मसँग पनि झुम्मियो। तर उ जम्मा एउटा कुरा मात्रै मलाई सोधिरहेको थियो यो तोते बोलीमा ‘बाटो कहिले बन्छ, बाटो कहिले बन्छ?’ भनेर।

म एकछिन त मैले कुरा बुझिनँ। अनि मैले छेउमा भएको केशव भन्ने साथीलाई सोधेँ यसले के भनेको भनेर। उसले मलाई भन्यो बाटोमा उसले हामीलाई सोधिरहेको थियो ‘मेरो मम्मी खोइ, मम्मी खोइ, बाबु खोइ’ भनेर। हामीले यो ‘बाटो बिग्रेको हुनाले गर्दा मम्मी-बाबु नभएको, बाटो बनेपछि आउनुहुन्छ’ भनेर भनेका छौँ। सो बुवा पनि बाढीमा बित्नुभयो, आमा पनि बित्नुभयो, हजुरआमा पनि बित्नुभयो। उसले मलाई ‘बाटो कहिले बन्छ, बाटो कहिले आउँछ, बाटो… बाटो…’ भनेर भनिराख्दै गर्दाखेरि मैले थप उसँग कुरा नै गर्न सकिनँ, मैले केही भन्नै सकिनँ।
पछि हामीले काठमाडौं आएपछि ‘बुढानीलकण्ठ’लाई हामीले जिम्मा लगायौँ। म रातभरि थुप्रै कुराहरू आयो मनमा तर त्यो सानो त्यो बालकको अनुहार, उसँग भएको कन्भर्सेसन आइ नै राख्ने भयो।

पछि भोलिपल्ट मैले साथीहरूसँग कुराकानी गरेँ। हामीसँगै भएको एकजना साथीले सबै कुराको जिम्मा लिन्छु भनेर भन्नुभयो। पछि ‘सानो पाइला’ भन्ने संस्थासँग कुराकानी गर्दाखेरि यति धेरै केटाकेटीहरूले यस पटक अभिभावक गुमाउनुभएको रहेछ। थुप्रै जिम्मेवारी हामीले लिनु नै पर्ने छ। त्यसैले यो स्टेटको कुरा मात्रै होइन यो। एज अ सोसाइटी, एज अ कम्युनिटी तपाईं-हामी सबैले काम गर्नुपर्ने छ। हामी जो अहिले प्रभावित भएका छैनौँ, हामी सबैको रोल छ। म त्यो बाबुलाई हेरेर यसो सम्झिरहेको छु, उसले पछि ठूलो भइसकेपछि थाहा पाइहाल्छ यो बाढीले, यो विपत्तिले लिएर गयो, मेरो सबै कुरा लिएर गयो। त्यो भनिरहँदा उसले तर त्यही विपत्तिले सबै कुरा लिएर जाँदै गर्दा पनि यहीँको सोसाइटीले, यहीँको कम्युनिटीले फेरि मलाई ढाडस दियो, कोही मेरो बा बन्यो, कोही मेरो आमा बन्यो, कसैले मलाई सम्हाल्यो भनेर भन्ने कुरा पनि एज अ कम्युनिटी हामीले फिल गराउनुपर्छ।

मेरो सबैसँग अनुरोध छ यो बेलामा ठूलठूला कुराहरू छन्, सरकारलाई भन्नुपर्ने कुरा छ, सरकारले गर्नैपर्ने कुरा छ, सरकार बाहेक अरु कसैले गर्न नसक्ने कुराहरू छन्। ती कुराहरूमा पनि हामीले बोल्ने हो, त्यहाँ पनि प्रश्न गर्ने हो, गल्तीलाई गल्ती भन्ने हो, सहीलाई सही थप्ने हो, सहयोग पनि गर्ने हो। पहिले आफ्नो तहबाट गर्ने हो। तर सोसाइटीको रुपमा तपाईंले, मैले, हामी प्रत्येकले यो विपत्तिको बेलामा काम गर्नुपर्ने छ। कहीँ न कहीँ जोडिनुपर्ने छ, सहयोगको हातहरू फैलाउनुपर्ने छ।

मेरो अन्तिममा एउटा अनुरोध छ सहयोग गर्न सक्ने सहयोगमा जुटौँ। सहयोग गर्न सक्ने सहयोगमा जुटौँ। सहयोग गर्न सक्दैनौँ भने कम्तीमा कसैले कटु वचन नबोलौँ। यति धेरै परिवार, यति धेरै मानिसहरू प्रभावित हुनुभएको छ। फिल्डमा गइसकेपछि थाहा हुन्छ, त्यो आँकडा नै गर्न सकिँदैन, बाहिरबाट हेर्दै गर्दा के भएको छ त्यहाँ भनेर। यसलाई नाप्नै सकिँदैन।

सो यो बेलामा तपाईं-हामी प्रत्येकले मिलेर यसका निम्ति काम गर्नुपर्ने छ। यति कुरा केही कुराहरू सेयर गर्न मन लागेकोले मैले यो भिडियो बनाएको हुँ। बाँकी रहेको पार्टीको तर्फबाट हामीले तल फिल्डमा गएर हामीले जे जे कुरा देखेका छौँ, यो सबै कुराको आधारमा यो जलवायुको विषय देखि टनेलको विषय देखि सरकारले गर्नुपर्ने, अरु नेक्स्ट फेजमा हामीले गर्ने लगायतका विषयहरूका सन्दर्भमा डिटेल रिपोर्ट बनाएर त्यही अनुसारले हामी फेरि त्यसलाई सार्वजनिक गर्ने नै छौँ।

(बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि थापाले सामाजिक सञ्जालमा राखेको भिडियो सम्बोधनबाट।)

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०६:०५
प्रतिक्रिया

थप समाचार

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

‘पूर्वाधार र उद्योगमा लगानी ल्याउने हो भने वातावरणसम्बन्धी कानुन सस्पेन्ड गर्नुपर्छ’

वन नै वातावरण भन्ने नेपालमा नयाँ भेरिएन्ट देखिएको छ। वातावरणलाई देखाएर जति प्रतिबन्धात्मक र नकारात्मक नियन्त्रणमा आधारित नीति र विधिहरू छन् तिनीहरूलाई खारेज गरेर मुलुकको पूर्वाधार क्षेत्रलाई...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।

सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्र माथि उठाउन असम्भव

सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ। कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाता कस्ने भन्नुहुन्छ। यस्तो त्रासपूर्ण...

विद्रोहको एक वर्ष: आर्थिक, सामाजिक-सांस्कृतिक रूपान्तरणमा अलमल

एक वर्ष बितिसक्दा पनि ठोस वैकल्पिक ढाँचा खडा हुन नसक्दा समाजमा नयाँ प्रकारको अलमल र मानसिक त्रास सिर्जना गरेको छ। सामाजिक-आर्थिक अनिश्चितताले नागरिकहरूमा निरन्तर 'भोलि के हुने हो?' भन्ने मनोवैज्ञानिक...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना