२०८३ कार्तिक २६ गते बुधबार

मुक्तिनाथ विकासले एक्वाएर गर्न लागेको जानकी फाइनान्सको अवस्था नाजुक, खराब कर्जा ६१.५५ प्रतिशत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
finance

काठमाडौँः जानकी फाइनान्स लिमिटेडको खराब कर्जा सबैभन्दा बढी रहेको छ। जनकपुरमा रहेको फाइनान्सको खराब कर्जा (एनपीएल) अनुपात ६१.५५ प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरणअनुसार जानकी फाइनान्सको खराब कर्जा अनुपात सञ्चालनमा रहेका १४ वित्त कम्पनीमध्ये सबैभन्दा उच्च हो।

जानकी फाइनान्सको कुल कर्जामध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा खराब कर्जामा परिणत भएको देखिन्छ। वित्तीय संस्थाको पोर्टफोलियोमा यति ठूलो मात्रामा खराब कर्जा रहनुलाई गम्भीर अवस्थाका रूपमा लिइन्छ। खराब कर्जा बढ्दा कर्जा असूलीमा दबाब पर्नुका साथै नाफा, पूँजी र समग्र वित्तीय स्वास्थ्यमा समेत असर पर्न सक्छ।

यही समयमा जानकी फाइनान्स मुक्तिनाथ विकास बैंकमा समाहित हुने प्रक्रिया अघि बढेको छ। मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति (एक्वार) गर्न प्रारम्भिक सम्झौता (एमओयू) गरिसकेको छ।

मुक्तिनाथले आफूमा समाहित गर्न लागेका यी दुवै संस्थाको वित्तीय अवस्था भने खराब छ। सिन्धु विकास बैंक नाफामै रहे पनि वितरणयोग्य नाफा ऋणात्मक छ। सिन्धुको खराब कर्जा ५.९२ प्रतिशत छ। राष्ट्र बैंकले यसलाई शीघ्र सुधारात्मक कारबाही पनि गरेको छ।

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास र जानकी फाइनान्सलाई एक्वायर गर्ने, एमओयूमा हस्ताक्षर

उता नाफा मै रहे पनि जानकी फाइनान्सको खराब कर्जा चिन्ताको विषय छ। खराब कर्जा (एनपीएल) उच्च बन्दै गएपछि वित्तीय अवस्था कमजोर बनेको जानकी फाइनान्स कम्पनी अब मुक्तिनाथ विकास बैंकमा प्राप्ति हुने प्रक्रियामा पुगेको हो।

अब आवश्यक नियामकीय स्वीकृति तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि प्राप्तिको प्रक्रिया अगाडि बढ्नेछ।

राष्ट्र बैंकको तथ्यांकले जानकी फाइनान्सको खराब कर्जा अन्य वित्त कम्पनीको तुलनामा निकै उच्च रहेको देखाएको छ। खराब कर्जाको आधारमा पोखरा फाइनान्स दोस्रो स्थानमा छ।

पोखरा फाइनान्सको खराब कर्जा २०.८४ प्रतिशत रहेको छ। त्यस्तै नेपाल फाइनान्सको १३.८३, बेस्ट फाइनान्सको १३.६९ र गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत खराब कर्जा रहेको छ।

सेन्ट्रल फाइनान्सको खराब कर्जा १०.४० प्रतिशत छ। रिलायन्स फाइनान्सको ६.५५, गुडविल फाइनान्सको ६.२७ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ५.२० प्रतिशत एनपीएल रहेको छ।

त्यसैगरी, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको खराब कर्जा ३.७४, मञ्जुश्री फाइनान्सको ३.४२, मल्टिपर्पस फाइनान्सको ३.०३ र प्रोग्रेसिभ फाइनान्सको ३.०१ प्रतिशत छ।
१४ वित्त कम्पनीमध्ये सबैभन्दा कम खराब कर्जा आईसीएफसी फाइनान्स लिमिटेडको छ। आईसीएफसीको एनपीएल १.५५ प्रतिशत मात्रै छ।

राष्ट्र बैंकका अनुसार १४ वित्त कम्पनीको समग्र खराब कर्जा अनुपात औसत ७.६६ प्रतिशत छ। तर, जानकी फाइनान्सको एनपीएल समग्र औसतभन्दा करिब आठ गुणा बढी छ। यसले कम्पनीको कर्जा व्यवस्थापन र असुलीको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

उच्च एनपीएल व्यवस्थापन मुख्य चुनौती

जानकी फाइनान्सलाई प्राप्ति गरेपछि यसको उच्च खराब कर्जा व्यवस्थापन गर्नु मुक्तिनाथ विकास बैंकका लागि प्रमुख चुनौती बन्ने देखिन्छ। प्राप्तिपछि खराब कर्जा असुली बढाउने, जोखिम व्यवस्थापन सुधार गर्ने तथा समस्याग्रस्त कर्जालाई व्यवस्थित गर्ने काम महत्वपूर्ण हुनेछ।

बलियो वित्तीय संस्थाले कमजोर अवस्थामा रहेको संस्थालाई प्राप्ति गर्दा व्यवस्थापन, पूँजी, प्रविधि र कर्जा असुली प्रणालीमा सुधार ल्याउने अवसर पनि हुन्छ। तर, जानकी फाइनान्सको उच्च एनपीएलका कारण प्राप्तिपछि वित्तीय स्वास्थ्य सुधार गर्न समय र थप रणनीति आवश्यक पर्ने देखिन्छ।

वित्तीय क्षेत्रमा पछिल्लो समय खराब कर्जा नियन्त्रण प्रमुख चुनौतीका रूपमा देखिएको छ। कर्जा असुली कमजोर हुँदा बैंक तथा वित्तीय संस्थाको नाफामा दबाब पर्नुका साथै थप नोक्सानी व्यवस्थापन गर्नुपर्ने अवस्था आउने गरेको छ। त्यसैले जानकी फाइनान्सको उच्च एनपीएल अब मुक्तिनाथ विकास बैंकका लागि टाउको दुखाइको विषय बन्न सक्छ।

जानकी फाइनान्स र मुक्तिनाथ विकास बैंकसँगको प्राप्ति प्रक्रियाले अब कम्पनीको भविष्यबारे चासो बढाएको छ। प्राप्तिपछि उच्च खराब कर्जा कति समयभित्र नियन्त्रणमा आउँछ र कम्पनीको वित्तीय अवस्था कसरी सुधार हुन्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण हुने देखिन्छ।

प्रकाशित: २०८३ भदौ २५ गते बिहिबार ०८:१८
प्रतिक्रिया

थप समाचार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना