२०८३ भदौ ३० गते मङ्गलबार

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

 |  मनोज ज्ञवाली
Sanket

मनोज ज्ञवाली

काठमाडौँ, भदौ ३०
manoj_gyawali

अर्थ मन्त्रालयबाट मंगलबार पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३, जारी भएको छ। दीर्घकालीन पुँजी बजार विकास र विस्तारको लागि नीतिगत व्यवस्था त राखिएकै छन।

तत्कालै पुँजी बजार र लगानीकर्तालाई निम्न बुँदाले प्रोत्साहित गर्नेछन्। सरकारको यो कार्यले अर्थतन्त्रमा गज्जबको ऊर्जा थप्नेछ।

१. संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी व्यवस्थाः

संस्थागत लगानीकर्तालाई पुँजी बजारमा प्रवेश र लगानी गर्न सहज बनाउने गरी नीति, कानुनी तथा पूर्वाधारगत व्यवस्था गर्ने।

संस्थागत लगानीकर्ताका लागि आवश्यक लगानी नीति र कारोबार संरचना विकास गर्ने।

प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने।

यसले बजारमा पार्ने प्रभाव

पुँजी बजारमा ठूला र दीर्घकालीन लगानीकर्ता बढ्ने।

बजारमा तरलता गहिराइ बढ्ने।

बजारमा अत्यधिक साना र अल्पकालीन लगानीकर्ताको प्रभाव केही कम हुन सक्छ।

बजार थप व्यावसायिक र स्थिर बन्न सहयोग पुग्ने।

२.संस्थागत लगानीकर्ताको पुनः सन्तुलित बैंकको नेतृत्वमा रहेका संस्थागत लगानीकर्ताको पोर्टफोलियोलाई पुनः सन्तुलित गर्ने व्यवस्था।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा सामूहिक लगानी कोष (म्युचअल फन्ड) जस्ता संस्थागत लगानीकर्तालाई पुँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्ने।

बजारमा पर्ने प्रभाव

ठूलो संस्थागत बचत पुँजी बजारमा परिचालन हुन्छ।

लगानी विविधीकरण बढ्छ।

बजारमा दीर्घकालीन पूँजीको आपूर्ति बढ्छ।

बजार देखिने अस्थिरता कम गर्न सहयोग पुग्न सक्छ।

बजारमा माग बढ्न गई माथि जाने सम्भावना बढ्छ।

३. सीडीएस एन्ड क्लियरिङको संस्थागत क्षमता अभिवृद्धिः

धितोपत्र कारोबारको बढ्दो आकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सीडीएस एन्ड क्लियरिङको संस्थागत क्षमता बढाउने।
यसको संरचनात्मक सुधारसम्बन्धी अध्ययन पूरा गर्ने।

बजारमा पार्ने प्रभाव

कारोबारको सेटलमेन्ट क्षमता र दक्षता बढ्ने।

ठूलो कारोबार हुँदा पनि प्रणालीगत बोटलनेक घट्ने।

लगानीकर्ताको विश्वास र बजार पूर्वाधार बलियो हुने।

भविष्यमा पुँजी बजार विस्तारका लागि आवश्यक डिजिटल पूर्वाधार तयार हुन्छ।

४. पीईभीसी र स्टार्टअप फाइनान्सिङ:

प्रारम्भिक चरणका उद्योग तथा व्यवसायलाई पूँजी उपलब्ध गराउने।

उच्च वृद्धि सम्भावना भएका नवप्रवर्तन तथा परियोजनालाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमार्फत लगानी गर्ने।

पीईभीसीलाइ अन्तर्र्राष्ट्रिय असल अभ्यास अनुरूप व्यवस्थित गर्ने।

बजारमा पार्ने प्रभाव

बैंक ऋणमा निर्भरता कम गरि स्वपुँजी वित्त बढ्ने।

स्टार्टअप इन्नोभेसन र प्रविधिमा आधारित व्यवसायलाई पुँजी उपलब्ध हुन्छ।

नयाँ रोजगारी र उद्यमशीलता बढ्न सक्छ।

उत्पादनशील क्षेत्रमा पूँजी परिचालन हुने अवसर बढ्छ।

५.बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानीको रिभ्युः

बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा रहेको लगानीलाई एक्सपोजर, अन्तरसम्बन्धता, स्पिल ओभर इफेक्ट फाइनान्सिय कन्टिजेसन रिस्क तथा सिस्टमेटिक रिस्कको दृष्टिले समीक्षा गर्ने।

धितोपत्र लगानीसम्बन्धी विद्यमान सीमा तथा रिस्क फ्रेमवर्क पुनरावलोकन गर्ने।

यसको बजारमा प्रभाव

बैंकिङ र पुँजी बजारबीचको जोखिम नियन्त्रण गर्न सहयोग।

अत्यधिक सेयर बजार एक्सपोजरबाट बैंकिङ क्षेत्रमा आउन सक्ने जोखिम कम हुन्छ।

वित्तीय स्थिरता बलियो बनाउन मद्दत पुग्छ।

तर, सीमा अत्यधिक कडा भएमा बजारमा संस्थागत तरलता घट्न सक्ने जोखिम पनि रहन्छ।

६. दीर्घकालीन लगानीलाई कर प्रोत्साहनः

पुँजी बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी विद्यमान कर व्यवस्थामा सुधार गर्ने।

निश्चित अवस्थामा सूचीकृत धितोपत्रको निःसर्गबाट हुने लाभ सम्बन्धी कर व्यवस्था सहज बनाउने।

करको दर घटाएर ३.७५ र ५ प्रतिशतमा झारिने।

नोक्सानीलाई नाफामा सेट अफ गरेर खुद प्राप्तिमा मात्र कर तिर्नुपर्ने।

यसको प्रभाव

अल्पकालिन स्पेकुलेसन भन्दा दीर्घकालिन लगानी आकर्षक बन्न सक्छ।

लगानीकर्ताको होल्डिङ पिरियड बढ्न सक्छ।

बजारमा स्थिरता र विश्वास बढ्ने सम्भावना छ।

कर प्रोत्साहन प्रभावकारी भएमा पुँजी बजारमा नयाँ लगानी पनि आउन सक्छ।

लगानीकर्ता प्रोत्साहित भई लगानी रकम उल्लेख्य रुपमा बढ्नेछ।

७.बैंक तथा वित्तीय संस्थाको दोस्रो बजार लगानीः

बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्दा हुने स्पेकुलेटिभ रिस्क नियन्त्रण गर्ने व्यवस्था।

बैंक तथा वित्तीय संस्थाले यस्तो लगानीको अधिकतम अवधि ४५ दिनसम्म हुने गरि लगानी नीति निर्धारण गर्ने व्यवस्था मिलाउने।

यसको बजारमा प्रभाव

बैंकको ब्यालेन्स सिटमा अत्यधिक स्पेकुलेटिभ सेयर कारोबारको जोखिम घट्ने।

बैंकको स्रोतलाई पुँजी बजारमा परिचालन गर्न प्रोत्साहन गर्ने।

पुँजी बजारमा लगानीले बैंकको अत्यधिक अल्पकालीन प्रभाव घट्न सक्छ।

यसरी अर्थ मन्त्रालय पुँजीबजार प्रोत्साहनका लागि सबैतिरबाट लचिलो भएको छ। यसबाट सुस्ताएको अर्थतन्त्र पुनः चलायमान हुने अपेक्षा छ।

यस्तो बेला बजार माथि जादै गर्दा कार्यसम्पादन कमजोर भएका कम्पनीहरुको पनि बजार मुल्य गलत तरिकाले बढाएर सोझा लगानीकर्ता फसाउने काम हुन सक्छ।

यसर्थ लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

(नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समाजिक सञ्जालमा व्यक्त गरेको विचारबाट)

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ०९:१८
प्रतिक्रिया

थप समाचार

‘पूर्वाधार र उद्योगमा लगानी ल्याउने हो भने वातावरणसम्बन्धी कानुन सस्पेन्ड गर्नुपर्छ’

वन नै वातावरण भन्ने नेपालमा नयाँ भेरिएन्ट देखिएको छ। वातावरणलाई देखाएर जति प्रतिबन्धात्मक र नकारात्मक नियन्त्रणमा आधारित नीति र विधिहरू छन् तिनीहरूलाई खारेज गरेर मुलुकको पूर्वाधार क्षेत्रलाई...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।

सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्र माथि उठाउन असम्भव

सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ। कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाता कस्ने भन्नुहुन्छ। यस्तो त्रासपूर्ण...

विद्रोहको एक वर्ष: आर्थिक, सामाजिक-सांस्कृतिक रूपान्तरणमा अलमल

एक वर्ष बितिसक्दा पनि ठोस वैकल्पिक ढाँचा खडा हुन नसक्दा समाजमा नयाँ प्रकारको अलमल र मानसिक त्रास सिर्जना गरेको छ। सामाजिक-आर्थिक अनिश्चितताले नागरिकहरूमा निरन्तर 'भोलि के हुने हो?' भन्ने मनोवैज्ञानिक...

‘विपत्तिले अवसर पनि ल्याएको छ, जलविद्युत संरचना जलवायु अनुकूल बनाउनुपर्छ’

हामीसँग अहिले सूचनाको अभाव छैन। बाढी आउनुअघि ८ लाखभन्दा बढी एसएमएस पठाइन्छ। तर, विडम्बना के छ भने सूचना पाउँदापाउँदै पनि मानिसहरू पुलमा गएर बाढीको भिडियो खिच्न व्यस्त हुन्छन्। सूचना प्रणाली...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना