२०८३ असोज ४ गते आईतबार

आईपीओ निष्काशनमा कडाइ गरिँदै, कम्पनीले के–के पक्रिया पूरा गर्नुपर्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
IPO

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा जाने कम्पनीका लागि वित्तीय अवस्था मात्रै नभई संस्थागत सुशासन, पारदर्शिता र वित्तीय अनुशासनसमेत कडाइका साथ परीक्षण गर्ने प्रस्ताव अघि सारेको छ।

बोर्डले सार्वजनिक गरेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाले आईपीओ निष्काशनका लागि कम्पनीले व्यवसाय सञ्चालनदेखि सूचना सार्वजनिक गर्ने प्रणालीसम्म विभिन्न मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको हो।

मस्यौदाअनुसार अंकित मूल्य १ सय रुपैयाँमा आईपीओ निष्काशन गर्न चाहने कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँभन्दा कम हुनु नहुने प्रस्ताव गरिएको छ। बोर्डले उद्योग तथा व्यवसायको प्रकृतिअनुसार न्यूनतम नेटवर्थसम्बन्धी छुट्टै मापदण्डसमेत तोक्न सक्ने व्यवस्था मस्यौदामा छ।

तीन वर्षको वित्तीय विवरण अनिवार्य

आईपीओमा जान चाहने कम्पनीले कम्तीमा तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिएको छ।

कम्पनीको आम्दानी वास्तविक व्यावसायिक कारोबारबाट भएको हुनुपर्ने र सञ्चालनबाट प्राप्त नगद प्रवाह दिगो हुनुपर्ने मस्यौदामा उल्लेख छ। यसले वास्तविक व्यवसाय र वित्तीय क्षमताका आधारमा कम्पनीलाई सार्वजनिक निष्काशनमा लैजाने व्यवस्था गर्न खोजिएको देखिन्छ।

कम्पनीले निरन्तर व्यवसाय सञ्चालन गरिरहेको हुनुपर्नेछ। साथै कम्पनीको आधिकारिक वेबसाइट सञ्चालनमा रहेको र त्यसमा कम्तीमा तीन वर्षका वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन उपलब्ध हुनुपर्ने प्रस्ताव छ।

वेबसाइटमा कम्पनीको व्यावसायिक सम्भावना तथा चुनौती, भावी योजना, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा अनुभवलगायत विवरणसमेत सार्वजनिक गर्नुपर्नेछ।

सञ्चालक र व्यवस्थापनको पनि परीक्षण

मस्यौदाले कम्पनीको वित्तीय अवस्थासँगै नेतृत्व तहको योग्यता, नैतिक आचरण र वित्तीय अनुशासनलाई पनि आईपीओ अनुमतिको आधार बनाउन खोजेको छ।

संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृत तथा अन्य प्रमुख पदाधिकारीको ‘फिट एन्ड प्रपर टेस्ट’ बोर्डले गर्ने प्रस्ताव गरिएको छ।

वित्तीय ठगी, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार वा गम्भीर आर्थिक अपराधमा दोषी ठहरिएका व्यक्ति निष्काशन प्रक्रियाका लागि अयोग्य हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यस्तै, कालोसूचीमा परी फुकुवा भएको ६ महिना पूरा नभएका व्यक्तिलाई समेत अयोग्य मानिने मस्यौदामा उल्लेख छ।

कम्पनीभित्र सुशासनको संरचना आवश्यक

आईपीओमा जान चाहने कम्पनीमा स्वतन्त्र सञ्चालक नियुक्त भएको हुनुपर्ने प्रस्ताव छ। त्यस्तै, लेखापरीक्षण, जोखिम व्यवस्थापन तथा नोमिनेसनजस्ता समिति गठन भएको हुनुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।

व्यवसायको प्रकृति, कम्पनीको आकार, उद्योगगत जोखिम र वित्तीय अवस्थाका आधारमा फरक–फरक नियामकीय मापदण्ड तथा स्कोरकार्ड प्रणाली लागू गर्ने प्रस्तावसमेत गरिएको छ।

आईपीओबाट उठेको रकममा पनि निगरानी

बोर्डले आईपीओबाट उठेको रकमको प्रयोगमा समेत कडाइ गर्ने प्रस्ताव गरेको छ।

मस्यौदाअनुसार आईपीओबाट संकलित सम्पूर्ण रकम छुट्टै बैंक खातामा राख्नुपर्नेछ। बोर्डको स्वीकृतिबिना स्वीकृत उद्देश्यभन्दा फरक क्षेत्रमा रकम खर्च गर्न पाइने छैन।

कम्पनीले संकलित रकमको उपयोगसम्बन्धी त्रैमासिक तथा वार्षिक प्रतिवेदन बोर्डमा बुझाउनुका साथै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिएको छ।

बोर्डले मस्यौदामाथि सरोकारवालाबाट सुझाव मागेको छ। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा मस्यौदामा आवश्यक संशोधन गरी निर्देशिका अन्तिम रूप दिने बोर्डले जनाएको छ।

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार १२:१४
प्रतिक्रिया

थप समाचार

कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँः कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । संस्थाले...

राष्ट्रिय वाणिज्य बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो स्वीकृति

काठमाडौँः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त...

बढ्यो नेप्से, कुमारी बैंकको कारोबार उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दिन सामान्य करेक्सनपछि बढेर बन्द भएको बजारले शुक्रबार पनि वृद्धिको क्रमलाई निरन्तरता...

सार्वजनिक निष्कासनको योग्यता निर्देशिका २०८३ को मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासन प्रणालीलाई थप निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउन तयार गरिएको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’...

करेक्सनपछि फेरि बढ्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

काठमाडौँ: बुधबारको करेक्सनपछि बिहीबार सेयर बजारमा पुन: हरियाली छाएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन सेयर बजार बढेकोमा तेस्रो कारोबार दिन करेक्सनमा गएको थियो। बुधबार २१.१९ अंकले घटेको...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
nepse
आर्थिक नीति

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना