२०८३ असोज ४ गते आईतबार

‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
0c2138f9-bab9-4037-9314-33c3736448b2

काठमाडौँ: सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ।

‘कथा डबली–१’ शृंखलाअन्तर्गत काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पर्व ‘इन्द्रजात्रा’ को मिथक र किंवदन्ती सुन्ने यो कार्यक्रम २०८३ असोज ८ गते बिहीबार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना हुनेछ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरको कथा वाचन रहनेछ। मल्लले इन्द्रजात्रासँग जोडिएका शताब्दीऔँ पुराना कथा, मिथक र किंवदन्ती, काठमाडौं सहरको उत्पत्ति अनि यसको सांस्कृतिक वैभवमाथि लिखित रोचक कथा वाचन गर्नेछन्।

सांस्कृतिक स्मृति थप जीवन्त बनाउन ‘इन्द्रजात्रा: शारदीय पर्व’ कार्यक्रममा परम्परागत नृत्य पनि प्रस्तुत गरिनेछ। सो अवसरमा कलाकारले उपत्यकाको प्रसिद्ध ‘लाखे प्याखं’ (लाखे नाच) र ‘कुमारी नृत्य’ पनि मञ्चन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले बताए। ‘सहर–गाउँका लोपोन्मुख मौखिक इतिहास, लोककथा र सांस्कृतिक सम्पदा जीवन्त राख्न अनि प्रविधि प्रयोग गरी तिनलाई सुरक्षित अर्काइभ गर्न यो शृंखला सञ्चालन गरिएको हो’, उनले भने।

सांस्कृतिक कथा सुन्ने, अर्काइभ गर्ने शृंखला ‘कथा डबली’ नेपालका विभिन्न सहर, गाउँमा निरन्तर आयोजना हुने प्रतिष्ठानको ‘काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभाग’ ले जनाएको छ।

प्रकाशित: २०८३ असोज ४ गते आईतबार ०२:५३
प्रतिक्रिया

थप समाचार

पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र आचार्यलाई गौरव

काठमाडौँ: २०८२ मा प्रकाशित पुस्तकहरूबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई दिने निर्णय भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कवि, गीतकार तथा उपन्यासकार...

यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई, खरेललाई जगदम्बा सम्मान

काठमाडौँ: मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको गुठीको साधारण सभा बैठकले २०८२ मा प्रकाशित पुस्तकहरूबाट 'नेवार समुदायका परम्परागत...

विवेक ‌ओझाको कथा सङ्ग्रह ‘मौन कोलाहल’ सार्वजनिक

काठमाडौँ: मदन पुरस्कार विजेता लेखक विवेक ओझाको पहिलो कथा-सङ्ग्रह ‘मौन कोलाहल’ बजारमा आएको छ। शनिबार मण्डला नाटकघरमा आख्यानकार नयनराज पाण्डे, अभिनेता दयाहाङ राई र अनुवादक सगुना शाहले संयुक्त...

‘तेजस्’: बौद्ध भिक्षु देशनिकालादेखि काठमाडौँको रूपान्तरणसम्म

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक...

पत्रकार दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक

काठमाडाैं । पत्रकार  दीपक बन्जाराको उपन्यास ‘हृदयांश’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पूर्वउपसभामुख इन्दिरा राना मगरलगायतले पुस्तक बिमोचन गरेका हुन्। यो बन्जाराको...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
nepse
आर्थिक नीति

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना