२०८३ कार्तिक २२ गते शनिवार

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १३
NEPSE
नेपाल स्टक एक्सचेन्ज

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलबव ७५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। उक्त कम्पनीको रु ८३ करोड ७० लाख ३६ हजार सात सय ९१ बराबरको कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट रु २८ करोड २२ लाख ६७ हजार पाँच सय ५९, सोल्टी होटल रु २३ करोड ५६ लाख ३८ हजार नौ सय ९९, एशियन लाइफ इन्स्योरेन्स रु १९ करोड ५० लाख ७२ हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १७ करोड २७ लाख ७६ हजार दुई सय ७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सामुदायिक लघुवित्त आठ दशमलब १६ र शुभम् पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ।

साथै इन्ग्वा हाइड्रोपावर छ दशमलब ६४, खप्तड लघुवित्त छ दशमलब १५, तारागाउँ रिजेन्सी होटल छ दशमलब ११, मकर जीतमाया सुरी हाइड्रोपावर पाँच दशमलब ८६ र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ।

प्रकाशित: २०८० असार १३ गते बुधबार ०३:५१
प्रतिक्रिया

थप समाचार

परिसूचक र कारोबार दुवै घट्यो

काठमाडौँ- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार...

४१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ- यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.४३ अङ्कले बढेर दुई हजार छ सय ६३.३० को विन्दुमा कायम भएको हो। यो १.५८ प्रतिशतको...

सातापछि थामियो नेप्सेको ओरालो यात्रा, बढेन कारोबार

काठमाडौँ- गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार थामिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१० अङ्कले बढेर दुई हजार छ सय ४०.७८ को बिन्दुमा कायम भएको हो। सोमवार विभिन्न ३२६ कम्पनीका...

५३ अंकले घट्यो नेप्से

अघिल्लो कारोबार दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो।

नेप्सेको सीईओका लागि ५ जना सर्टलिस्टमा

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ। सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल,...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना