काठमाडौँ- यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.४३ अङ्कले बढेर दुई हजार छ सय ६३.३० को विन्दुमा कायम भएको हो। यो १.५८ प्रतिशतको वृद्धि हो।
आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता सेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ। व्यापार समूह सबैभन्दा बढी ६.९ प्रतिशतले बढेको छ। बैंकिङ ०.९०, विकास बैंक १.१०, वित्त १.३०, होटल तथा पर्यटन ०.४४, जलविद्युत् १.०९र लगानी समूह २.२० प्रतिशतले बढेको छ।
त्यस्तै जीवन बिमा एक.७१, उत्पादन तथा प्रशोधन ०.९२, लघुवित्त २.२२, म्युचुअल फण्ड ०.३७, निर्जीवन बिमा ०.८५ र अन्य समूह १.७४ प्रतिशतले बढेको छ।
आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी कुमारी सबल योजनाको सेयर मूल्य एक.८२ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता सेयर किनबेच भएको छ। -रासस


