काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ।
बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे बापत ७९ करोड २९ लाख ८१ हजार गरि कूल २ अर्ब १० करोड ४७ लाख ८१ हजार रुपैयाँ राजस्व ठूला करदाता कार्यालयलाई बुझाएको बैंकले जनाएको छ।
यस्तै २ करोड १८ लाख रुपैयाँ अन्य आन्तरिक राजस्व कार्यालयहरूमा राजस्व दाखिला गरेको बैंकल जनाएको छ।


