२०८३ कार्तिक २० गते बिहिबार

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
WhatsApp Image 2026-11-03 at 15.58.14

नगरकोट: काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ।

प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ।

पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नगरकोटमा सञ्चालनमा आएको यस सम्पर्क कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थाहरूलाई लक्षित गर्नेछ। यसमार्फत स्थानीय व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकहरूसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ।

यस कार्यालयमार्फत कम्पनीले स्थानीय व्यवसायहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीहरूसँग समन्वय गर्नेछ।

नगरकोट नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा थप विकसित हुँदै गर्दा पर्यटन पूर्वाधारसँगै डिजिटल पूर्वाधारको विकास पनि उत्तिकै आवश्यक देखिन्छ। यसै सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले नगरकोटका पर्यटन तथा आतिथ्य व्यवसायलाई डिजिटल रूपमा थप सक्षम बनाउन र स्थानीय व्यवसायसँगको सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वर्ल्डलिंकले नेपालभरका व्यवसायहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको छ।

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार १२:११
प्रतिक्रिया

थप समाचार

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न, ३ हजार बढी दर्शकले जनाए सहभागिता

काठमाडौँ: बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते पोखरा रंगशालास्थित...

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

एसियामा कच्चा तेलको भाउ युद्धअघिको भन्दा दोब्बर बढ्यो

काठमाडौं। पश्चिम एशिया (खाडी) मा जारी तनावका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। अमेरिका, इजरायल र इरानबीच गत फेबुअरीदेखि सुरु भएको युद्धले होमर्जु...

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना