२०८३ कार्तिक २१ गते शुक्रबार

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २१
TVS_NTOQR

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस एनटर्क जोडिएको छ।

‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’ नाममा प्रस्तुत हुने कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ।

नेपाली हिप–हप संगीत र नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले ल्याउन लागिएको कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

कार्यक्रममा स्थापित र्‍यापरसँगै नयाँ पुस्ताका कलाकारले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्। अन्तर्राष्ट्रिय रियालिटी शोको अवधारणामा आधारित भए पनि नेपाली कलाकारका मौलिक कथा, स्थानीय संस्कृति र नेपालको हिप–हप पहिचानलाई केन्द्रमा राखिने आयोजकको भनाइ छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने नारासहित अघि बढ्ने कार्यक्रमको प्रसारण मिति र अन्य विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित: २०८३ कार्तिक २१ गते शुक्रबार १२:३३
प्रतिक्रिया

थप समाचार

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...

म्याक्स टाइगर दशैँ धमाका: तीन जनाले जिते मोटरसाइकल, एकलाई स्कुटर

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिंक ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका चार जना विजेताले पुरस्कार प्राप्त गरेका छन् । काठमाडौँ र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन...

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न, ३ हजार बढी दर्शकले जनाए सहभागिता

काठमाडौँ: बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते पोखरा रंगशालास्थित...

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

नगरकोट: काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना