२०८३ मङ्सिर ६ गते आईतबार

सुस्ताएको घरजग्गा व्यवसायलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
land

काठमाडौं। सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव तथा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी र उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको छ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष एवं एक्स्पोका संयोजक बाबुराम अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्रमा देखिएको सुस्ततालाई अन्त्य गर्दै यस क्षेत्रलाई नयाँ गति दिन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा आएको मन्दीले उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभावित भएको बताए। आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने, स्वदेशी लगानीको वातावरण बनाउने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ।

त्यस्तै, नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन सहयोग पुग्ने बताए।

एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, निर्माण प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ। साथै, घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर तथा सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

एसवन होम्सका अध्यक्ष तथा एक्स्पोका सहसंयोजक सुरज न्यौपानेका अनुसार एक्स्पोले चितवनसहित देशका सम्भावनायुक्त जिल्लाहरूमा लगानी आकर्षित गर्दै आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुका साथै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसमेत एक्स्पोले राखेको छ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन्। आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ। इच्छुक प्रदर्शकका लागि प्रदर्शनी कक्ष बुकिङ खुला गरिएको छ।

निर्माण कम्पनी, घरजग्गा व्यवसायी, निर्माण सामग्री उत्पादक तथा बिक्रेता, इन्जिनियर, वास्तुविद्, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्ने आयोजकको भनाइ छ। सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ।

आयोजकले ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ लाई घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नराखी सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ।

प्रकाशित: २०८३ मङ्सिर ६ गते आईतबार १०:२८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका १३० विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३०...

६ दिनमा २६ हजार ३०० घट्यो सुनको मूल्य, शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँले गिरावट

मंसिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ।

एनसेलले एक महिनाभित्रै थ्रीजी पूर्णरूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टेमा जान आग्रह

काठमाडौँ: एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले आगामी एक महिनाभित्र बाँकी रहेका सबै थ्रीजी साइट बन्द गर्ने योजना अघि बढाएको हो। एनसेलका...

सुरक्षा रणनीति सुदृढ बनाउन जेम्ल्यान्स्की याङ्गोको ग्लोबल हेड अफ सेफ्टी नियुक्त

काठमाडौँ: विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको...

आईएमई ग्रुपको ग्रुप ‘भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का नियुक्त

काठमाडौँ: आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य अभिवृद्धि गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने जिम्मेवारीसहित...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना