काठमाडौं। मधेश प्रदेशको कृषि जीवनको सुन्दर दृश्य। हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरू पाकेको धान भित्र्याउन व्यस्त छन्।
आधुनिक हार्भेस्टर मेसिनको प्रयोगसँगै खेतमै धान कटानीको काम भइरहेको छ। वर्षभरको मेहनत र पसिनापछि भित्रिन लागेको सुनौलो धानले मधेशका खेतबारीमा बेग्लै रौनक थपेको छ।

