२०८३ कार्तिक १७ गते सोमबार

ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
chirimalika

ललितपुर- ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

ललितपुर महानगरपालिकाको तर्फबाट नगरप्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे। सो अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले असल सम्बन्ध र अभ्यासको आदानप्रदान भएको बताए।

‘असल अभ्यासको आदानप्रदान गर्नुपर्छ। भूगोल फरक भए पनि धेरै कुरालाई साटासाट गर्न सकिन्छ। मितेरी सम्बन्धले ललितपुरको कला, संस्कृति र सम्पदाको विकास मालिका गाउँपालिकामा पनि हुनेछ भन्ने विश्वास छ। थोरैबाट सहयोगको सुरुआत यो वर्षबाट हुन्छ, निरन्तरता दिन्छौँ,’ नगरप्रमुख महर्जनले भने।

बागमती प्रदेशका एक सय १९ वटा पालिकामध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा उत्कृष्ट काम गरेर पुरस्कृत भएको बताउँदै उनले भगिनी सम्बन्ध कामय भएपश्चात् सुखदुःखमा सामिप्यता कायम गर्दै सहयोग गरेर जाने बताए।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्त्वपूर्ण भएको उल्लेख गरे। ‘राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण छ । प्रशासनिक तहमा गुल्मीको पहुँच रहेको छ । यसको फाइदा ललितपुरले लिन सकोस्, ललितपुरको जस्तो सुन्दर र सफा महानगर अन्त छैन, यहाँको कला, संस्कृति, बजारको सदुपयोग गुल्मीले लिन सकोस्,’ पूर्वसचिव उपाध्यायले भने।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले यो सम्बन्ध मालिकावासीका लागि गौरवको विषय भएको बताए। ‘भगिनी सम्बन्ध कायम गर्ने यो सम्झौता हुनु यो गौरवको विषय हो, पहल गर्नुहुने सबैमा आभार व्यक्त गर्न चाहन्छु। दुवै स्थानीय पालिकावासीका लागि कोसेढुङ्गा सावित हुनेछ। कला, संस्कृति, सम्पदाका विषयमा लाभ हुने विश्वास राख्दछु,’ अध्यक्ष अर्यालले भने। उनले दुई पालिकाबीचको सामिप्यताका लागि पाटन नामको सांस्कृतिक सम्पदा निर्माण गर्ने बताए।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षरले राम्रो संस्कारको सुरुआत भएको बताइन्।

प्रकाशित: २०८० असार २० गते बुधबार ०८:०३
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना