२०८३ कार्तिक ११ गते मङ्गलबार

ललितपुर मयेर्स कपमा सुदूरपश्चिम र एपीएफको जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ९
cricket

काठमाडौं- त्रिवि क्रिकेट मैदानमा बिहीबार सुरु भएको ललितपुर मेयर्स महिला टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टिम एपीएफले जित निकालेका छन्।

प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५१ रनले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभर खेल्दै तीन विकेट गुमाएर १३७ रन बनाएको थियो। जवाफमा लुम्बिनीले २० ओभरमा सात विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमकी सम्झना खड्काले ४५ बलमा ५१ रन बनाइन् भने रुबी पोद्दारले २८ रनको योगदान दिइन्। बलिङतर्फ लुम्बिनी प्रदेशकी कृतिका मरासिनीले दुई विकेट लिएकी थिइन्।

जवाफमा लुम्बीनीका लक्ष्मी चौधरीले २५ रन बनाइन् भने बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। सुदूरकी रितु कनौजियाले दुई विकेट लिएको खेलमा ५ खेलाडी भने रनआउट बने।

सोही मैदानमा भएको दोस्रो खेलमा उपाधि दाबेदार एपीएफले मधेशमाथि १० विकेटको जित निकालेको छ। एपीएफले ७५ बल बाँकी रहँदै जित निकालेको हो।

पहिले ब्याटिङ गरेको मधेश ५८ रनमै अलआउट भयो। एपीएफका लागि सोनु खड्काले चार र सिता राना मगरले तीन वकेट गिराएकी थिइन्।

जवाफमा सिताले ज्योति पाण्डेसँग ओपनिङ गर्दै विजयी साझेदारी गरिन्। उनले ३६ बलमा ४५ रन बनाइन्। यससँगै सुदूरपश्चिम र एपीएफले समान २-२ अंक जोडेका छन्।

प्रकाशित: २०७९ चैत ९ गते बिहिबार ०४:२२
प्रतिक्रिया

थप समाचार

आएरल्यान्ड ‘ए’ विरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मैत्रीपूर्ण टी–२० क्रिकेट सिरिजमा नेपालले आयरल्यान्ड ‘ए’ विरुद्ध लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली नेपालले दोस्रो खेलमा आयरल्यान्ड 'ए' लाई ७१ रनले हराएको हो। दुवै खेल आफ्नो...

नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं-  नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ। पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड 'ए'लाई घरेलु टोली नेपालले दुई खेलको सिरिजमा १-० को अग्रता लिएको छ। जितको लागि १२२ रनको लक्ष्य...

पपुवा न्युगिनीसँग नेपालको फराकिलो हार

काठमाडौं- नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पराजित भएको छ। जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल ८६ रनले पराजित भएको हो। नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो। नेपालका लागि...

हङकङसँग नेपाल ७३ रनले पराजित

काठमाडौं- हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ। शनिवार हङकङमा भएको मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो पराजय भोगेको हो। टस हारेर पहिला ब्याटिङ रोजेको हङकङले नेपाललाई निर्धारित २० ओभरमा ६ विकेट...

नेपालले दियो नेदरल्याण्ड्सलाई दियो १८५ रनको टार्गेट

काठमाडौं- नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको टार्गेट दिएको छ। त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि टस जितेर ब्याटिङ रोजेको नेपालले नेदरल्याण्ड्सका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना