काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दै आवासीय घर कर्जाको सीमा ५० लाखले बढाएको छ।
हाल कायम रहेको १ करोड ५० लाखको सिमालाई बढाएर २ करोड पुर्याउने नीति राष्ट्र बैंकले लिएको छ। तर यस्तो सुविधा पहिलो पटक घर निर्माण/खरिद गर्दा मात्र पाइनेछ।
मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षको तुलनामा १.१ प्रतिशतले घटाएर ११.५ प्रतिशतमा सीमित गरेको छ।
यसैगरी राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि विस्तृत मुद्रा प्रदाय भने १२.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ।


