काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानै ललितपुरको कृष्ण मन्दिर दर्शन र पाटन दरबार संग्रहालय अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले बिहानै पाटन दरबार क्षेत्र अवलोकन गरेको उनका प्रेस संयोजक किरण पोखरेलले बताएका हुन्।
पाटन गएका राष्ट्रपति पौडेलले दरबार क्षेत्र अवलोकन गरिरहँदा पानी परेपछि छाता ओड्याइएको थियो। राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्र अवलोकनका क्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पनि साथ दिएका थिए।
महाराजगञ्ज शिक्षण अस्पतालमा दुई साता बढी मुटुको उपचारपछि शीतलनिवास फर्किएका राष्ट्रपति पौडेल सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन्।
