काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज सम्बन्धी विधयेक प्रमाणीकरण गरेका छन्। पौडेलले शुक्रबार अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पातिर भएर उक्त विधयेक प्रमाणीकरणका लागि शीतलनिवास पुगेको थियो। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ।



