काठमााडौँ- एनसेल आजियाटा लिमिटेडले प्रयोग समयमा आधारित अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ। बिन्दासमा प्याकमा ग्राहकले करसहित ७५ रुपैयाँमा ३ दिनसम्म कुनै डेटा भोल्युम सीमाविना कुल ५ घण्टाको लागि अनलिमिटेड डेटा पाउनेछन्।
ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३ ह्यास डायल गरी नयाँ प्याक लिन सक्नेछन्। त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि प्याक लिन सकिने कम्पनीले जनाएको छ।
सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ।
त्यसैगरी कम्पनीले बिन्दास भ्वाइस प्याक पनि सार्वजनिक गरेको छ। जसमा ग्राहकहरूले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ देखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्नेछन्।


