काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा खटाउन थालेको छ।
साउन १० मा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार पार्टीको सांगठानिक सुदृढीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्यलाई जिल्लामा खटाएको हो।
मंगलबार बेलुकीसम्म सबै जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिइसकिने कांग्रेसले जनाएको छ। साउन २० गतेदेखि ३० गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लामा खटिनेछन्।
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म संगठन सुदृढीकरणका लागि ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।


