२०८३ कार्तिक १८ गते मङ्गलबार

‘प्रहरी हिरासत’मै विष सेवन गरेका मिटरब्याज पीडित विनितको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
binit_sonar

विराटनगर- मिटरब्याजबाट पीडित भएर विष सेवन गरेका युवकको मृत्यु भएको छ। आफूले साहुसँग ७ लाख लिएको तर साहुले १५ लाख रुपैयाँ दिएको भन्दै सबै रकम चुक्ता गर्न दबाब दिएको भन्दै उनले मिटरब्याजको आरोपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।

साउन ७ गते यो विषयमा दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल भएको थियो। छलफलले कुनै निष्कर्ष निकाल्न सकेको थिएन। छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पीडितलाई पक्राउ गरेको थियो। कार्यालय परिसरमै रहेको अवस्थामा उनले विष सेवन गरेका थिए। उनै पीडित कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो।

सोनारले विराटनगर महानगरपालिका-७ स्थित आर के चिल्ड्रेन अस्पताल अगाडि चिया-नास्ता पसल सञ्चालन गर्दै आएका थिए। पसल चलाउने क्रममा सोनारले डा नितेश तिवारीसँग ४ वर्षअघि ७ लाख ऋण लिएको मृतककी श्रीमती रीताको भनाइ छ। ७ लाख ऋण लिएपनि १५ लाख तिरेको दाबी सोनारकी श्रीमतीको छ। डा नितेशले अझै १२ लाख तिर्न बाँकी भएको भन्दै रकम फिर्ता गर्न दबाब दिएपछि उनले मिटरब्याजमा उजुरी दिएकी थिइन्।

यस विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई बोलाएको थियो। तर सोनारले लगेको रकम नपाएको भन्दै प्रदीप भुजेल र विनोद ढकालले जाहेरी दिएका थिए। भुजेलले २ लाख रुपैयाँ र ढकालले ६ लाख रकम नपाएको जाहेरी दिए। ती दुई वटै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। विनितले विष सेवन गरेपछि उनीसँग थप छलफल हुन पाएको थिएन।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहका अनुसार लेनदेन गरेको प्रमाण दुवै पक्षसँग छैन। ऋण लिँदा ग्यारेन्टीका लागि भन्दै सोनारले डाक्टर नितेशलाई खाली चेक दिएका थिए। त्यसमा मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारको दाबी थियो।

प्रकाशित: २०८० साउन १७ गते बुधबार ०४:१३
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना