काठमाडौँ– सहकारी पीडितहरू काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन्। पीडितले सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
नयाँबानेश्वरतर्फ अघि बढेको आन्दोलनलाई प्रहरुीले बिजुलीबजार पुलनमा नै रोकेको थियो। त्यसपछि पीडितहरूले त्यहीँ सडक बन्द गरिदिएका हुन्।
उनीहरूले पुलमा नै बसेर धर्ना दिएका थिए। यसपछि प्रहरीले उनीहरूमाथि बल प्रयोगको थियो।

















