पोखरा- पोखरा महानगरपालिकामा आँखा पाक्ने रोग बढ्दै गएका कारण रोकथामका लागि पोखरा महानगरपालिका भित्रका सबै विद्यालयहरु ३ दिन बन्द हुने भएका छन्।
आँखा पाक्ने संक्रमित रोगलाई रोक्नका लागि महानगरले साउन २४ गते बुधबारदेखि साउन २६ गते शुक्रबारसम्म विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो।
महानगरभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेसरी स्कूलहरूलाई बन्द गर्न महानगरको शिक्षा शाखाले निर्देशन गरेको हो।
‘पोखरा महानगरपलिका अन्तरगतका सम्पूर्ण सामुदायिक संस्थागत र मन्टेसरी स्कूलहरूसमेत ३ दिन बिदा दिने निर्णय भएकोले सोही अनुरूप विद्यालय बन्द गर्नु हुन सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘विद्यार्थीहरूलाई घरमा सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई पनि संक्रमणबाट बच्ने सूचनामूलक सन्देश संप्रेषण गर्नु हुने समेत अनुरोध छ।’


