काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा समेत बढेको छ। स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारबाट लागु हुने गरी यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार यात्रुका लागि (यात्रुबाहक) सवारी साधनकोे पहिलेको भाडामा ४.७० प्रतिशतले बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालसमान बोक्ने सवारी साधनको भाडा ६.१५ प्रतिशतले बढाइएको छ। त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ८.८३ प्रतिशतले बढाईएको छ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था छ। मंगलबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्याएको छ।
नयाँ भाडादर


