मुस्ताङ- मुस्ताङ जिल्लाको कागबेनी क्षेत्रमा आएको बाढीमा परी पुरिएको अवस्थामा डेढ करोड भन्दा बढी नगद रकम फेला परेको छ। प्रभु बैंक र इन्भेस्टमेन्ट बैंक रहेको स्थानमा खोतल्दा उक्त रकम भेटिएको हो।
गत आइतबार आएको बाढीले ठूलो कागबेनीमा ठूलो क्षति गरेको थियो। उक्त बाढीले ल्याएको ग्रेगान खोतल्दा रकम भेटिएको हो। बाढी आएको एक सातापछि आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला परेको हो।
यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ। उक्त रकम सम्बन्धित बैंकले बुझिसकेका छन्।


