काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा राष्ट्रपतिको कार्यालयले उपसभामुख इन्दिरा रानामगरलाई नबोलाएपछि असन्तुष्टि राखेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउने कार्यक्रम तय भएको तर आफूलाई नबोलाइएको भन्दै रानामगरले असन्तुष्टि पोखेकी हुन्।
‘यसपटक चिठी आएन। नबोलाइ जाने कुरा भएन,’ उनले भनेकी छन्।
यसअघि प्रधानन्यायाधीशको शपथमा उपसभामुखलाई बोलाउने गरिएको थियो। उपसभामुख संवैधानिक परिषद् सदस्य हुने व्यवस्था छ।


