काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा पास भएको भन्दै सीआईबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले देशमा ठूला नेतालाई कानून नै नलाग्ने र जनतालाई चाँहि गल्ती नगरेपनि कान समाएर जेल हाल्ने काम भएको बताए उनले यसको विरुद्ध सदनमा आवाज उठाउने मात्र नभई सडकमा आन्दोलन गर्ने चेतावनी समेत दिए।
‘यो देशमा कानून दुईवटा बनाउँनुपर्छ। ठूला नेतालाई कानून नै नलाग्ने कानूनको हिरासतमा नजाने जनतालाई चाँहि गल्ती नरेपनि कान समाएर जेल हाल्ने यो कानून तपाईले लेख्नुभयो भने सही हुन्छ,’ उनले भने, ‘नत्र सदनमा आवाज होइन् आन्दोलन हुन्छ। पूर्व प्रधानमन्त्रीलाई सीआर्एबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको यस्को जवाफ दिनुपर्छ।’
सांसद शाहीले ११३ रोपनी ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा जग्गा पास गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेर अहिले केहि व्यवसायीलाई दुःख दिन कै लागि पक्राउ गरिएको दावी पनि गरे।


