काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार राष्ट्रपतिसँग भेटका लागि गभर्नर अधिकारी शीतल निवास पुगेका थिए।
भेटमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।


