बर्दिया– बर्दिया कारागार गुलरियाबाट एक जना कैदी भागेका छन्। कारागारको पर्खाल नाघेर कैदी फरार भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।
यसरी भाग्ने कैदी अजित बुढाक्षेत्री हुन्। काँडेतारबार नाघेर फरार भएका उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या मुद्दामा उनी सजाय काटिरहेका थिए।


