काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेकका सबै आभियुक्तलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई रिहा गर्न आदेश जारी गरेको हो। तुलाधरलाई भने सामान्य तारेखमा रिहा गर्न आदेश दिइएको छ।
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोपमा २९० जनाविरुद्ध मुद्दा चलाइएको थियो। यसअघि पनि यो प्रकरणमा विशेष अदालतमा मुद्दा परिसकेको छ।
उनीहरुलाई सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते गरेको आरोपमा मुद्दा चलाएको छ। यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए।


