काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना भएका छन्। उनी आइतबार स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन्।
उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएका कारण यादव आइतबार वीर अस्पताल भर्ना भएका हुन्।
उनलाई भिआइपी कक्षमा भर्ना गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति भूपेन्द्रकुमार बस्नेतले बताए।
पूर्वराष्ट्रपति यादवलाई उपचारका केही दिन अस्पतालमा राखिने बस्नेतले बताए।


