२०८३ कार्तिक २० गते बिहिबार

काठमाडौं विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा, सोमबार र मंगलबार कार्गो जाँचपास बन्द!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
bhansar tia

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलित भएका छन्। उनीहरूले आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरू गरेका हुन्।

राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेपछि आफूहरूलाई विभिन्न कारणबाट हस्तक्षेप गरिएको भन्दै भन्सारका कर्मचारी आन्दोलित भएका हुन्।

उनीहरूले विभिन्न पाँच बुँदे माग राखेका छन्। कर्मचारीहरूले अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने, पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य बन्द हुनुपर्ने माग राखेका छन्।

सोमबार र मंगलबार कार्गो जाँचपास बन्द गर्ने उनीहरूको घोषणा छ।

कतिपय कर्मचारीहरुलाई हिरासतमा राखिएको, के कति कारणले गिरफ्तार गरिएको भन्दै उनीहरूले यस्तो काम बन्द गर्न माग गरेका छन्।

कर्मचारीहरूले सोमबारसम्म माग पूरा नभए यात्रु जाँचपास शाखाबाट हुने कार्य प्रभावित हुने चेतावनी दिएका छन्। ‘यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने छ,’ कर्मचारीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्रिभुवन भन्सार कार्यालयले जाँचपास गरेको ६० किलो सुन बरामद भएपछि त्यहाँका कर्मचारीहरू पक्राउ परिरहेका छन्।

शनिबार मात्रै प्रहरीले एक भन्सार अधिकृत र दुई जना नायब सुब्बालाई पक्राउ गरेको थियो।

राजश्व अनुसन्धान विभागले सुन बरामद गरेपछि यसको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ।

भन्सारका कर्मचारीले गत भदौ १२ गते नै सरूवा माग्दै प्रमुख भन्सार अधिकृतलाई ध्यानाकर्षण गराएका थिए।

 

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ०९:२६
प्रतिक्रिया

थप समाचार

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना