२०८३ कार्तिक २० गते बिहिबार

६० किलो सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
100kggold (7)
साउन २ गते बरामद भएको झन्डै सय किलो भनिएको सुन तौलन राष्ट्र बैंकको टक्सार महाशाखा लगिँदै। फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भएको छ। अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।

सकेसम्म मंगलबार नभए बुधबारसम्ममा अनुसन्धान प्रतिवेदन बुझाइने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।  ‘आजै बुझाउने तयारी हो, नभ्याएको खण्डमा भोलि अनुसन्धान प्रतिवेदन बुझाइन्छ,’ उनले भने।

सुन प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये सुन तस्करीका मुख्य नाइके बेल्जियम नागरिक दावा छिरिङ रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

दावासँग सम्बन्ध जोडिएको भनी ब्युरोले बयान लिइएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रतिवादी बनाउने-नबनाउनेबारे प्रहरीले स्पष्ट बताएको छैन। उनीसँग ब्युरोले चार घन्टा लामो बयान लिएको थियो।

‘कतिपय थुनामा छन्, कतिलाई कागज गरेर छोडिएको छ, कागज गरेर छोडिएका व्यक्ति सबै प्रतिवादी नहुन सक्छन्,’ कडायतले भने। सुन तस्करी प्रकरणमा अध्यागमन विभागमा तत्कालीन अवस्थामा कार्यरत सहसचिव झलकराम अधिकारी पनि जोडिएका थिए।

राजश्व अनुसन्धान विभागले साउन २ गते राति ब्रेक सुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो। भन्सारबाट जाँचपास भइसकेर सिनामंगल आइपुगेको ब्रेक सुभित्र विभागको टोलीले सुन फेला पारेको थियो।

बरामद गर्दाताका विभागले एक क्विन्टल सुन भएको अनुमान गरेको थियो। तर, तौलिँदा ६० किलो ७१६ ग्राम मात्रै फेला परेको थियो। दावाकै व्यवस्थापनमा यो सुनको व्यवस्थापन भएको प्रहरीको निष्कर्ष छ।

यो सुनमा माओवादीका नेताहरूको भूमिका शंकास्पद रहेको आरोप लागिरहेको थियो। तर, यसबारे प्रहरीले अनुसन्धान अघि बढाएन। पुन र महरालाई दावाका व्यापारिक साझेदार तथा सम्पर्कमा रहेको भन्दै प्रहरीले अनुसन्धानमा तान्यो। तर, सबै कारोबार सम्हालेकी दावा पत्नी अमला रोकालाई भने पक्राउ गरिएको छैन।

सुन प्रकरणको केन्द्र मानिएको ठमेलको भियना होटलकी सञ्चालिका अमला हुन्। उनले माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनेश पुन मगरको लगानीमा सुन उत्खनन तथा प्रशोधन गर्ने कम्पनी रहेको फेला परेको थियो।

खानी तथा भूगर्भ विभागबाट लाइसेन्स लिएको भियना मल्टी पर्पोज ग्रुपमा दावापत्नीको २ लाख २५ हजार कित्ता सेयर रहेको छ। प्रनेशको ३० लाख बराबरको ३० हजार कित्ता सेयर छ।

इलेक्ट्रोनिक सिगरेट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुनको भने अलग्गै अनुसन्धान भइरहेको छ।

त्यसमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। ‘९ किलो सुनको अनुसन्धान सकिएको छैन, आज प्रतिवेदन बुझाउने भनेको ६० किलो सुनको मात्रै हो,’ कडायतले भने। ९ किलो सुनमा महरा बाबु-छोराको सम्पर्क देखिएको थियो।

प्रकाशित: २०८० भदौ २६ गते मङ्गलबार १२:४४
प्रतिक्रिया

थप समाचार

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड

काठमाडौँः नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिइएको छ । सन्...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना