काठमाडौँ- सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सिकहरूको आन्दोलन स्थगित भएको छ।
चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए। हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटेको विरोधमा डाक्टरहरू आन्दोलनमा उत्रिएका थिए।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएर वार्तामा बोलाएको थियो।
डाक्टर पिट्ने घटनाका आरोपित ४ जना पक्राउ परेका छन्। थप ५ जनालाई पनि पक्राउ गरी कारबाही गर्नेलगायतका विषयमा सहमति भएको छ।



