काठमाडौँ- डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयमा पदभार सम्हालेका छन्। अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै संकटन्मुख अर्थतन्त्रलाई गति दिने दिशामा काम गर्ने बताएका हुन्।
सरोकारवालाहरुको सहयोग लिँदै अगाडि बढ्ने र खर्च कटौती गर्ने दिशामा काम गर्ने उनले बताएका छन्। मुख्यगरी निजी क्षेत्रको मनोबल बढाउने दिशामा काम गर्ने डा. महतले बताए।
यसैगरी निजी क्षेत्रलाई भार नपर्ने गरी राजस्व दरभन्दा दायरा बढाउने दिशामा काम गर्ने डा. महतले बताएका छन्। रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रको जग निर्माणका लागि अर्थमन्त्रालयले भुमिका खेल्ने उनले संकेत गरे।
अहिले अर्थतन्त्र समस्यामा रहेकाले अप्ठ्यारोमा परेको परिवारले जस्तैगरी काम गर्ने उनले बताए। खर्च गर्नेपर्ने क्षेत्रमा मात्रै गर्ने र खर्च गर्न नहुने क्षेत्रमा खर्च कटौति गर्ने बताएका छन्।
‘अहिले हाम्रो साधारण खर्च बढी छ। पुँजीगत खर्च हामी गर्न सकेका छनौं। राजस्वभन्दा बढी साधारण खर्च छ। अर्थतन्त्रको समर्ग मागमा कमी आएको छ। विभिन्न क्षेत्रमा लगानी शिथिल भएको छ,’ डा. महतले बताए।
विभिन्न अन्तर्राष्ट्रिय आर्थिक घट्नाक्रम, कोभिड १९ र त्यसभन्दा अगाडी गएको भुकम्पको संचिति असर नेपाली अर्थतन्त्रमा रहेकाले थप संवेदनशिल भएर अगाडी बढ्नुपर्ने अवस्था रहेको डा. महतले बताए।
राजस्वको आधार संकुचित हुँदै गएकाले राजस्व बढाउने दिशामा काम अगाडी बढाउने दिशामा काम गर्ने डा. महतले बताएका छन्। यसैगरी अहिले साना देखि ठुला लगानीकर्ताहरु समस्यामा रहेको, बैंकको ऋणीहरु समस्यामा परेको , लगानीकर्ता र माइक्रोफाइनान्स देखि सहकारीहरु समस्या रहेकाले उनीहरुलाई राहात दिने गरी आफ्ना गतिवधि अगाडी बढाउने संकेत महतले गरेका छन्।
डा. महतले सो अवसरमा जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने अवस्था आएको बताएका छन्। राजस्वको आधार बढाउन सकिएको खण्डमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने भन्दै महतले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि उपयुक्त बतावरण निर्माण गर्ने बताएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगमा विदेशी लगानी भित्र्याउने दिशामा काम गर्ने उनले बताएका छन्।


