काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ।
बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ।
प्रकाशित: २०८० असोज ४ गते बिहिबार ०८:३१