सिड्नी (अस्ट्रेलिया)- अस्ट्रेलियामा ह्वेलमाछाले डुंगा पल्टाइदिएपछि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सिड्नीबाट १४ किलोमिटर दक्षिणपूर्वी स्थान ला पेरोजमा माछा मार्नका लागि डुंगामा सवार थिए।
ह्वेल माछाले डुंगालाई धक्का दिएपछि पल्टिएका कारण ती व्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।
अस्ट्रेलियामा माछा र मानवीय क्रियाकलापबीच द्वन्द्वका सानातिना घटना भइरहेका हुन्छन्। तर पनि मानिसको मृत्यु नै हुने दुर्घटना भने कमै हुने प्रहरीको भनाइ छ।
मृतक ६१ वर्षीय पुरुष हुन्। उनी अचेत अवस्थामा फेला परेका थिए। अर्का ५३ वर्षीय पुरुषलाई भने उद्धार गरी अस्पताल भर्ना गरिएको छ। घाइते र मृतकको नाम खुलाइको छैन।
घाइतेको अवस्था स्थिर छ।


