२०८३ कार्तिक २२ गते शनिवार

२० कम्पनी कालोसूचीमा [सूचीसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
ppmo1

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। सन्तोषजनक काम नगरेर बदनामी कमाएका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।

तीन वर्ष कालोसूचीमा पर्ने कम्पनीमा शारदा अधिकारी र प्रभेज खान मुख्य व्यक्ति रहेका एम/एस सिपल हैदरावाद पनि परेको छ। यसैगरी, यिन गाओक्विन र एमी चेन मुख्य व्यक्ति रहेको साफबोन वाटर सर्भिस साङघाई पनि कालोसूचीमा परेका छन्।

दीपराज इम्यानुअल मुख्य व्यक्ति रहेको आईएसजी इन्फरमेसन सर्भिस ग्रुप पनि तीन वर्षका लागि कालोसूचीमा परेको छ। सशक्त शरण गोले अभिषेक मुख्य व्यक्ति रहेको आर्भण अन्सट्रक्सन चितवन पनि तीन वर्षे कालोसूचीमा छ।

तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको सुनौला खिम्ती कन्सट्रक्सन छन्।

निर्माण न्यौपाने नेतृत्वको शिवालय बिल्डर्स मकवानपुर, यक्षध्वज कार्की नेतृत्वको स्काई बिल्डर्स प्रालि, भरतसिंह वाइवा नेतृत्वको वाइवा एण्ड लामा कन्सट्रक्सन, रविन्द्र कुमार मण्डल नेतृत्वको जानकी निर्माण सेवा जनकपुर दुई वर्ष कालोसूचीमा परेका छन् ।

यसैगरी गोकर्णप्रसाद पण्डित नेतृत्वको नागार्जुन कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको शंकरमाली निर्माण सेवा, नेत्रप्रसाद न्यौपाने नेतृत्वको रुपन्देही बिल्डर्स एण्ड कन्सट्रक्सन काठमाडौं, तिलबहादुर ओली नेतृत्वको ति.ई.भू. निर्माण सेवा रोल्पा, माधव घिमिरे नेतृत्वको कश्यप निर्माण सेवा र उमेश श्रेष्ठ नेतृत्वको इको भिजनरी प्रालि ग्वार्को ललितपुर पनि कालोसूचीमा परेका छन् ।

यसैगरी महेन्द्र निर्माण सेवा सप्तरीका महेन्द्र यादव, खेमराज आचार्य नेतृत्वको एम/एस कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सलेन्ट, अइन्द्र कुमार थापा नेतृत्वको एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन झापा, सुरेन्द्र तामाङ नेतृत्वको गौरती भिमसेन निर्माण सेवा सिन्धुपाल्चोक, ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेलधुरा, कृष्ण गुप्ता नेतृत्वको ग्रिन वर्ल्ड कन्स्ट्रक्सन र अर्जुन चौधरी नेतृत्वको जयस कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन् ।

प्रकाशित: २०८० असोज १६ गते मङ्गलबार ०९:१६
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना