काठमाडौंँ- दसैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ। बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ।
गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो ।
आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन्।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी कर्मचारी र यातायात व्यवसायीको छलफलबाट असोज २२ गते दसैंको अनलाईन टिकट खुलाउने सहमति जुटाएको थियो।
यातायात व्यवसायीहरु अनलाईन बुकिङ खुला गर्न सहमत भएका छन्।
यसअघि यातायात व्यवसायीहरुले गाडीभाडा वृद्धि नभएको, सडक मर्मत नभएको र रुट पर्मिट नपाएको भन्दै अग्रिम टिकट बुकिङ खुलाउन चाहिरहेका थिएनन्।
यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि गाडीहरु भाडामा लिएर सेवा दिने व्यवसायीहरुले बताएका छन्।
दसैंका बेला बर्षेनी २० देखि २२ लाख यात्रुहरुले काठमाडौं बाहिरिने अनुमान गरिएको छ।


