२०८३ कार्तिक २१ गते शुक्रबार

४५ करोडका खसीबोका किन्दैछ काठमाडौँ, गाउँगाउँमा व्यापारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
khasi
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा खसीबोका किन्दै सर्वसाधारण (१९ अक्टोबर २०२०)। तस्बिर : रोशन सापकोटा/रासस

काठमाडौँ- यस वर्षको दसैंका लागि काठमाडौं उपत्यकामा ४५ करोड बराबरका खसीबोका र भेडाच्याङ्ग्रा भित्रिने भएका छन्।

मासुका रुपमा खपत हुने खसीबोका र भेडाच्याङ्ग्रा घटस्थापना देखि काठमाडौंमा भित्रिने भएका हुन्।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजीक्षेत्रका व्यापारीले काठमाडौंमा ४५ करोड रुपैयाँ बराबरका खसीबोका तथा भेडाच्याङ्ग्रा भित्र्याउन लागेका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसीबोका र १ हजार भेडाच्याङ्ग्रा खरिद गर्न ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ।

उक्त बजेटले ३ हजार बराबरका खसीबोका र भेडाच्याङ्ग्रा दसैंका लागि ल्याउन लागिएका कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले नेपाल क्लिक्ससँग बताइन्।

‘खसीबोका घटस्थापनाको आसपासमा ल्याइसक्ने योजना छ। अहिले कुन ठाउँमा कति खसीबोका र भेडा च्याङ्ग्रा उपलब्ध हुन्छन्? त्यसको मूल्य कस्तो छ भनेर मुल्यांकन भइरहेको छ,’ उनले भनिन्।

उनका अनुसार, पछिल्लो बजार मूल्यभन्दा केही सहुलियत र छुटमा उपभोक्तालाई खसीबोका र च्याङ्ग्रा बिक्री गरिने बताइन्।

‘बजारको चलनचल्तीको रेटभन्दा केही सहुलियतमा खसीबोका बिक्री गर्ने कम्पनीको योजना छ,’ उनले भनिन्।

यसपालीको दसैँमा निजी व्यापारीहरुले ३७ करोड रुपैयाँ हाराहारीका खसीबोका भित्र्याउने प्रारम्भिक योजना रहेको चौंपाया खरिद बिक्री संघका संस्थापक दीपक थापाले बताए।

गत वर्षको दसैंमा पनि व्यापारीहरुले ४० करोड हाराहारीका खसीबोका काठमाडौं ल्याएर बिक्री गरेको उनको भनाइ छ।

‘करिब ३७ करोडका खसीबोका काठमाडौँ भित्रिने अनुमान छ,’ उनले भने।

दसैंका बेला अन्य समयको तुलनामा बढी खसीबोकाको माग हुने गरेको छ। ३० देखि ३२ हजार गोटा खसीबोका यसपालीको दसैंमा भित्रिने अनुमान छ।

खाद्य कम्पनीले थापाथलीस्थित आफ्नै गोदामबाट खसीबोकाको बिक्री गर्नेछ। निजी क्षेत्रका व्यापारीहरुले काठमाडौंका विभिन्न स्थानबाट बिक्री गर्नेछन्।

भन्सार चेक, स्वास्थ्य प्रमाणपत्र बनाउनुपर्ने झन्झट, विभिन्न प्रक्रियागत लफडाका कारण खसीबोकाको लागत मूल्य बढ्न जाने हुँदा व्यापारीले पहिलो प्राथमिकता स्वदेशी खसीबोका खरिदमै केन्द्रीत भएको थापाले जानकारी दिए।

यदि, स्वदेशी खसीबोका अपुग भयो भने मात्र ‘इन्डियन’ खसीबोका पनि भित्रिन सक्ने उनको भनाइ छ।

पछिल्लो समय उपभोक्तामा मासु खाने ‘कल्चर’ ह्वात्तै बढेको उनको अनुभव छ।

व्यापारीहरु खसीबोका खरिदका लागि अहिले कैलाली, बैतडी, सल्यान, डोटी, इलामलगायतका दूरका जिल्लामा समेत पुगेका छन्। भेडाच्याङ्ग्रा खरिद गर्न मनाङ, मुस्ताङसम्म नै पुगेको व्यापारीहरुले बताएका छन्।

काठमाडौँ उपत्यकामा भित्रिने खसीबोकाको नागढुंगामा स्वास्थ्य परीक्षण गरिनेछ। त्यसका लागि होल्डिङ बोर्ड राखेर स्वस्थ पशुचौपायाँ मात्र भित्र्याउन दिने सरकारको तयारी छ।

प्रकाशित: २०८० असोज २३ गते मङ्गलबार ०८:०६
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना