काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले सीमा क्षेत्रमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन्। गृहमन्त्रीसमेत सदस्य रहने समितिको बैठक सोमबार अर्थ मन्त्रालयको सुवर्ण हलमा बसिरहेको छ।
बैठक गृहसचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशकसमेत सहभागी भएका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले सीमा क्षेत्रमा भइरहेको चोरीपैठारी, राजस्व चुहावट, वैदेशिक मुद्राको अपचलन र हुन्डी नियन्त्रणका लागि सुरक्षा निकायको सहयोग माग गरेका छन्।
यसैगरी, सम्पत्ति शुद्धीकरणसँग सम्बन्धी विषयवस्तुमा पनि बैठकमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।


