२०८३ कार्तिक २२ गते शनिवार

कालीगण्डकीले बगायो आमाछोरा, आमाको मृत्यु हुँदा छोरा गम्भीर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
kaligandaki

पर्वत- पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन्।

पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो।

कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो।

दुवैजनालाई उद्धारगरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्‍याउने वित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घाइते बालकलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुसल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८० कार्तिक १७ गते शुक्रबार ११:१८
प्रतिक्रिया

थप समाचार

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा...

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना